गृहपृष्ठ ∕ अर्थ ∕ सिन्धुवासीसमेतको डेढ अर्ब लगानीमा नेपाली व्यवसायीले खोले पांच तारे होटल सिन्धुवासीसमेतको डेढ अर्ब लगानीमा नेपाली व्यवसायीले खोले पांच तारे होटल सिन्धु खबर असोज १६, २०७७ गते १५:५१ मा प्रकाशित सिन्धुपाल्चोक । नेपाली युवा व्यवसायीले झापाको धुलाबारीमा आधुनिक समयको सवैजसो सुविधा उपलब्ध हुने क्षमताको पाँचतारे होटल सञ्चालनमा ल्याएका छन् । कोरोना कहरले विश्वभरको व्यवसाय जोखिममा परेका बेला नेपालीको समूहले जोमिख मोलेर सयौं करोड रुपैंयाँ लगानी गरेका छन् । भारतबाट प्रबेश हुने पूर्वको मुख्य प्रवेशद्धार मध्येको एक धुलाबारी पछिल्लो समय व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको छ । व्यवसायीहरु पवित्रकुमार कार्की र बलाराम सापकोटा एवं सिन्धुपाल्चोकका व्यवसायीले सञ्चालन गरेको क्षमादेवी ग्रुप उक्त होटलका सञ्चालक हुन् । होटलमा क्यासिनो समेत सञ्चालन गरिनेछ । क्यासिनो सञ्चालन भएपछि नौ सय नेपालीले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ । मुख्य गरी भारतीय क्षेत्रका पर्यटक लक्षित गरी सञ्चालनमा ल्याइएको होटल झापाको भद्रपुर विमानस्थलबाट करिव १७ किमि टाढा रहेको छ । करिव आठ बिगाहा जमिनमा फैलिएको होटल निर्माणका लागि डेढ अर्ब भन्दा बढी लगानी गरिएको छ । भारतको बागडोग्रा विमानस्थलबाट करिव २५ किमि टाढाको यो होटल भारतीय र बंगलादेशका पर्यटकको रोजाई पर्ने लगानी कर्ताहरुको विश्वास छ । पाँच सय भन्दा बढी सवारी साधन पार्किङको क्षमता रहेको उक्त होटलमा भिआइपीका लागि निजी हेलिप्याडको प्रबन्ध छ । होटलमा ७१ वटा डिलक्स कोठा, १९ वटा मेची क्लव कोठा, पाँच वटा मेची सुइट्स कोठा र १० वटा एजुकेटिभ भिला कोठासमेत एक सय पाँच वटा कोठा छन् । एक हजार पाँच सय जनासम्म अट्ने रिसिप्सन रहेको छ । होटलमा विवाह, बैठक, सेमिनार हल तथा रेष्टुरेन्टको व्यवस्था छ । होटलमा नेपाली र भारतीयहरुले विवाह एवं समारोहका लागि उपयोग गर्ने अपेक्षा गरिएको छ । पर्याप्त खुला स्थान र रमणीय स्थलको रुपमा विकास गरिएको होटल परिसर लोभ लाग्दो बनाइएको छ । सञ्चालकहरुले बिहीबार(हिजो) पत्रकार सम्मेलन गरेर होटलको विशेषता जानकारी गराए । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने वर्षैपिच्छे घट्दै चौरी गोठ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम