Techie IT
Monday, April 12,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठअर्थनेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्षमा जाङबु

नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्षमा जाङबु


काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको दोस्रो अधिवेशनबाट पून जाङबु शेर्पा नै अध्यक्षमा चयन भएका छन् । आज काठमाडौंमा सम्पन्न अधिवेशनले जाङबु शेर्पाको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ । संघको वरिष्ठ उपाध्यक्ष रामकाजी पौडेल, उपाध्यक्षमा बलदेव श्रेष्ठ, महासचिवमा सोनोर्बु शेर्पा, सचिवमा च्याङा शेर्पा, सहसचिव, मिङमार शेर्पा, कोषाध्यक्षमा लोप्साङ शेर्पा र सह कोषाध्यक्षमा दिपक श्रेष्ठ चयन भएको नवनिर्वाचित महासचिव सोनोर्बु शेर्पाले जानकारी दिए ।

संघले अमृत खड्काको संयोजकत्वमा आठ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । प्रमुख अतिथि नेपाल चीन उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष त्रिभुवनधर तुलाधरले नवनिर्वाचित समितिलाई खादा लगाएर बधाइ तथा शुभकामना दिएका थिए ।

संघको आधिकारिक स्थापना २०६९ पौष ६ गते भएको थियो । संघको स्थापना तत्कालीन चिनियाँ राजदुत र नेपाल चीन उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष राजेश काजी श्रेष्ठको उपस्थितिमा भएको थियो । स्थापनाकाल देखि तीनवर्ष सम्म संघले स्थानीय व्यापार व्यवसायलाई प्रवर्धन गर्ने, नेपालमा उत्पादित वस्तुहरुको चीन निर्यातका लागि स्थानीय व्यवसायीलाई परेको अप्ठ्यारोमा सहयोग गर्ने काम गर्दै आएको थियो । २०७२ सालको भूइचालो गएपछि केही शिथिल देखिएको संघ पुन जुर्मुराएको छ ।

अबका दिनमा स्थानीय व्यवसायलाई अगामी दिनहरुमा नेपाल र चीन विचको ब्यापार ब्यवसायमा सहजिकरण गरि तातोपानी नाकाबाट सहज तरिकाले सामान आयातरनिर्यात गर्न वातावरण मा महत्व पुर्ण भुमिका निर्बाह गर्ने महासचिब शेर्पाले जानकारी दिए। संघका अध्यक्ष जाङबुका अनुसार नाका क्षेत्र आसपासका भूकम्प र बाढीपहिरोबाट पीडित व्यापारीहरुलाई स्थापित गर्ने, कृषि, पर्यटन, होटल व्यवसायमा लागेका व्यवसायीहरुलाई सहयोग गर्ने संघको उद्देश्य रहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार