Techie IT
Saturday, January 16,2021 / शुक्रबार, माघ २, २०७७
×
गृहपृष्ठअर्थतातोपानी नाका खुलाउने विषयमा नेपाल चीनका सीमा अधिकारीबीच आज मितेरी पुलमा बैठक

तातोपानी नाका खुलाउने विषयमा नेपाल चीनका सीमा अधिकारीबीच आज मितेरी पुलमा बैठक


बाह्रबिसे । तातोपानी नाका सञ्चालनको विषयमा नेपालको तयारी बुझ्न नेलामबाट आएको चिनियां टोलीलेसंग आज मितेरी पुलमा बैठक बस्दैछ । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार उताबाट आउने टोलीले कोभिड संक्रमण रोक्ने लगायतक विषयमा नाकामा भएको तयारीका विषयमा छलफल हुनेछ ।

नाकामा काम गर्ने भन्सार मजदुर र चालकलाई कोभिड छ, छैन भन्ने जांच चिनियांहरुले नै गरिसकेको छन् । खत्रीका अनुसार जांच गरिएका सवै २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तिब्ब्तको कुती नजिकेका ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अबरुद्ध भएको भन्दै एक महिना भन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन ।

चिनियां राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको बताएपनि त्यसको कार्यान्व्यन हुन सकेको छैन । नेपालीले लामो समयदेखि खासामा गोदाम गरेको डेढ सय भन्दा बढी कन्टेनर सामान अलपत्र छ । सामान आयात रोकिंदा व्यवसायीले आफूहरु निकै मर्कामा परेको बताउंदै आएका छन् ।

त्यसैगरी रसुवागढी नाका एक साता अघि सञ्चालन भएपनि चार दिन अघि चिनियां भूभागमा आएको पहिरोका कारण सामान आयात भएको छैन । रसुवा भन्सार प्रमुख पुण्यविक्रम खड्काकाले आफूहरु नाका छिटोभन्दा छिटो सञ्चालन गराउन चिनियां पक्षसंग छलफलमा रहेको बताए । रसुवागढीमा पनि भोलि चिनियां अधिकारीहरुसंग छलफल हुनेछ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस