गृहपृष्ठ ∕ अर्थ ∕ हेलम्वुमा स्याउको प्रख्याती फेरि दोहोरिँदै (फोटोकथा) हेलम्वुमा स्याउको प्रख्याती फेरि दोहोरिँदै (फोटोकथा) Sindhu Khabar असोज १३, २०७७ गते १२:४२ मा प्रकाशित हेलम्बु । दुई दसकअघि फलेका स्याउमा रोग लागेर सखाप भएपछि खेती छाडेका हेलम्बुवासीले अहिले फेरि स्याउ फलाएका छन् । गीत्का भाकामा समेत गुन्जने सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुको स्याउको प्रख्याती फेरि व्यूँताउनका लागि गरिएको खेतीबाट स्याउ फलेको हो । जिल्लाको पर्यटकीय गाउँ हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन नाखोतेकी पेमाल्हामू शेर्पा जुटेकी छिन् । दुई दसकअघिदेखि स्याउ खेती छाडेकी उनले फेरि भारतको हिमाञ्चल प्रदेशबाट पाँच सय विरुवा ल्याएर खेती सुरु गरेकी छिन् । अहिले उनको बगैंचामालटरम्मै स्याउ फलेका छन् । पहिले गीतका भाकामा समेत गुञ्जने यहाँको स्याउको प्रख्याती रोग लागेसँगै सकियो । ‘पहिले के रोग लाग्यो भन्ने नै थाहा थिएन, त्यत्तिकै सबैले स्याउ खेती छाडे,’ शेर्पा भन्छिन्, ‘सिंगो गाउँभरि लगाइएको स्याउमा किरा लागेर सखाप भएपछि कसैले खेती गर्ने आँट गरेनन् ।’ उनले स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती सुरु गरेको बताइन् । हेलम्बु गाउँपालिका–१ स्थित शेर्पाको गाउँ नाखोतेमा मात्रै स्याउका १४ हजार विरुवा रोपिएका छन् । फेरि हेलम्बुलाई स्याउको पहिचान दिलाउन गाउँवासी जुरुक्कै भएका छन् । गाउँवासीले लगाएको स्याउको रुखमा फल लागेपछि किसानहरु झनै उत्साहित भएका छन् । ‘हेलम्बुलाई स्याउको पकेट क्षेत्रको रुपमा विकास गरि फेरि स्याउको पहिचानको रुपमा पुर्नस्थापित गर्ने अपेक्षा सहित व्यावसायिक खेतीमा स्थानीय जुटेका छन्,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने । नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमासमेत चर्चा कमाएको हेलम्वुको स्याउको पुरानो कथा फेरि दोहोरिँदैछ । ‘हामी पहिलेको हेलम्बुलाई फेरि ब्यूँताउन चाहन्छौं,’ सेर्माथानका कर्मातोप्के लामाले भने । हेलम्बु क्षेत्रका मनोरम गाउँ किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउ खेती सुरु गरिएको हो । क्याटेगोरी : अर्थ, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै