Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठअर्थघाँसपानी गरेर फर्किएको केही छिनमै गाईभैसी मृत भेटिए

घाँसपानी गरेर फर्किएको केही छिनमै गाईभैसी मृत भेटिए


चौतारा । बलेफि गाउँपालिका वडा नम्बर ६ जोगिडाँडाका रुद्रप्रसाद पराजुली शुक्रबार बिहान गाई भैसीलाई खोलेपानी र घाँसपात गरेर घर फर्किएका थिए । खाना खाएर घाँसपानी गर्न गोठ गएका उनले गाई र भैसी दुवै लडिरहेका थिए । के भयो भनेर हेर्दा हेर्दै उनले भैसी र गाइ नै मरिसकेको पाएको बताए ।

वडाध्यक्ष चित्र बहादुर तामाङका अनुसार घर छेउमै गोठ भएका रुद्रप्रसादको गाई रभैसी एक्कासि मरेको बताए । बिहान राम्रै घाँसपात दिएको वस्तुभाउ एक्कासि कसरी मृत अवस्थामा भेटिए यो आश्चार्यलाग्दो कुरा छ उनले भने । यो मात्रै होइन जोगिडाँडामा यसअघि यस्तै ४ वटा घटना भएका थिए । ती चारै घटनामा वस्तुभाउ गोठमा नै मरेको पाइएको थियो ।

वडाध्यक्ष तामाङका अनुसार दुई घटनामा विष दिएर वस्तु मारिएको प्रमाणित भएपनि अहिलेको यो घटना के कारण भयो थाहा हुन सकेको छैन् । वडाध्यक्ष तामाङले आफूलाई जानकारी हुनासाथ गाउँपालिकाको पशु शाखालाई खबर गरी मृत्यु भएका गाई र भैसीको के कारण मृत्यु भएको हो परीक्षण गर्न नमूना संकलन आग्रह गरे ।

सोही अनुसार नै परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको छ । केही दिनमा नै परीक्षणको रिपोर्ट आउने वडाध्यक्ष तामाङले बताए । गाई भैसीको मृत्युका कारण रुद्रप्रसादले दुई लाख रुपैयाँ क्षति भएको बताएका छन् । सो वापत वडा तथा गाउँपालिकाले उनलाई केही क्षतिपूर्ति दिन नसक्ने बताएका छन् । वडाध्यक्ष तामाङले क्षतिपूर्ति के छ भनेर आफूले पालिकाको पशु शाखामा बुझेपनि त्यस्तो केही व्यवस्था नभएको गाउँपालिकाले बताएको बताए । वडाले भने तत्काल केही क्षतिपूर्ति दिने विषयमा सोच्ने उनले बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस