Techie IT
Tuesday, April 13,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठअर्थसुनकोसीमा अज्ञात रोगले भटाभट बाख्रा मरे

सुनकोसीमा अज्ञात रोगले भटाभट बाख्रा मरे


चौतारा । सुनकोसी गाउँपालिका–७ मा धमाधम बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ आसपासका किसान चिन्तित बनेका छन् ।

पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको वडाध्यक्ष इश्वर तिमल्सिनाले बताए । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ५० बढी बाख्रा मरेको छन् ।

स्थानीयवासीले पशु चिकित्सक पठाइदिन पटक पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट दुई चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र कापिङ क्षेत्रमा पठाएको छ । परीक्षण गर्दा रोग पहिचान नभएको र पिपिआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार