Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठअर्थनागपुजे र जम्बु पहिरो पीडितलाई शेर्पा संघ अमेरिकाको आर्थिक सहयोग

नागपुजे र जम्बु पहिरो पीडितलाई शेर्पा संघ अमेरिकाको आर्थिक सहयोग


बाह्रबिसे । शेर्पा संघ अमेरिकाले जम्बु र नागपुजे पहिरो पीडितको लागि आर्थिक सहयोग गरेको छ । नेपाल शेर्पा संघको समन्वयमा सिन्धुपाल्चोक बाह्बिसे नगारपालिका वडा नं ५ जम्बु र वडा नं ७ घुम्थाङ नागपुजेका पहिरो पीडितलाई १ लाख ४९ हजार सहयोग गरेको हो ।

जम्बुका ८ घरधुरीलाई १० हजार र नागपुजेका ११ घरधुरीलाई १३ हजारको दरले राहत रकम वितरण गरिएको बाहरबिसे नगरका अध्यक्ष तथा नेपाल शेर्पा संघका केन्द्रीय सदस्य आङदोर्जे शेर्पाले जानकारी दिए । त्यसैगरी घुम्थाङ पहिरोबाट विस्थापितलाई सामुहिक खाना खुवाउन २६ हजार पनि सहयोग गरिएको छ । उक्त सहयोग रकम बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको रोहवरमा वितरण गरिएको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!