Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठअर्थलिदि पहिराेपीडितलाई दिगाे बस्ती ब्यबस्थापनका लागि सहयाेग

लिदि पहिराेपीडितलाई दिगाे बस्ती ब्यबस्थापनका लागि सहयाेग


बराम्ची । ३९ जनाकाे ज्यान जाने गरि अाएकाे लिदी पहिराेबाट बिस्थापित भएकाहरूका लागि दिगाे बस्ती ब्यबस्थापनका लागि सहयाेग अाउन थालेकाे छ । लिदि पहिरो प्रभावित बस्तिको लागि दिगो ब्यबस्थापन आयोजना अन्तर्गत विभिन्न दाताहरूले सहयाेग गरेका हुन् ।
अाज मात्रै याेयाे अायाेजनाका लागि विभिन्न संघसस्था तथा ब्यक्तिले सात लाख एक हजार दस रूपैया सहयाेग प्राप्त भएकाे जुगल गाउँपालिकाकि उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिईन् । उनका अनुसार इन्द्रेणी समाज बाट ६ लाख ४३ हजार ९९०, फुर्ब रिन्जिङ तामाङ ( पाचपोखरी थाङ्पाल गा.पा.बरुवा-२,सिन्धुपाल्चोक )बाट चालीस हजार २०, राम लामा स्याङतान (मेलम्ची,सिन्धुपाल्चोक )बाट दस हजार, समीर थोकर (सिन्धुलि )बाट सात हजार सहयाेग प्राप्त भएकाे हाे ।
सबै गरि जम्मा सहयोग सात लाख एक हजार दस रुपैया सहयाेग प्राप्त भएकाे उपाध्यक्ष तामाङकाे भनाई छ। सहयाेग जारी रहेकाे तामाङले सिन्धु खबरलाई जानकारी दिईन् । यी सहयाेग उपाध्यक्ष सिर्जनाकाे समन्वयमा भएकाे हाे ।
जुगल गाउँ पालिका लिदि पहिरो प्रभावित बस्तिको लागि दिगो ब्यबस्थापन आयोजना अन्तर्गत साझेदारी गर्नु भएकोमा सबै सहयोगि दाताहरुलाई उपाध्यक्ष तामाङले धन्यवाद ज्ञापन गरेकी छन् । ” दिगाे बस्ती ब्यबस्थापनका लागि सहयाेग अझ अावश्यक छ,” उनले भनिन्,”हामी सबैमा सहयाेगकाे अपिल गर्छाैं, सकेकाे अावश्यक पहल, सहयाेग गर्न गाउँपालिका पनि तयार छ ।”
लिदि पहिराेबाट बिस्थापितहरू अहिले सेलाङकाे बाँसखर्कमा अाश्रित छन् । गाउँपालिकाकाे पहलमा राखिएकाे टेण्टमा उनीहरू बस्दै अाएका हुन् ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस