Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठअर्थघर गोठ बगाएका २२ परिवारलाइ जनही २५ हजार आर्थिक सहयोग

घर गोठ बगाएका २२ परिवारलाइ जनही २५ हजार आर्थिक सहयोग


बाह्रबिसे । भोटेकोसी गाउँपालिकाले गाउँपालिका भित्र प्राकृतिक प्रकोपले घर गोठ बगाएका नागरिकलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले घर गोठ बगाएकाहरुलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

गाउँपालिकाले घर गोठ बगाएका २२ घर परिवारलाई आज उक्त रकम दिएको हो । पहिरोका कारण भोटेकोसीमा २२ घर गोठमा क्षति पुगेको छ ।

यसैबीच भोटेकोसी गाउँपालिका अध्यक्ष पौडेलको समन्वयमा नागपुजेका पहिरो पीडितलाई खाद्यान्नलगायत ब्ल्याङ्केट र टर्चलगायत सहयोग गरिएको छ । पहिरोपीडित १ सय ७७ परिवारलाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३५५ए१ काठमाडौंले विभिन्न सामग्री सहयोग गरेको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस