गृहपृष्ठ ∕ अर्थ ∕ नागपुजे पहिरो पीडितलाई ग्याँस र चुल्होलगायत सामग्री वितरण नागपुजे पहिरो पीडितलाई ग्याँस र चुल्होलगायत सामग्री वितरण सिन्धु खबर असोज २, २०७७ गते १७:१० मा प्रकाशित बाह्रबिसे । बाह्रबिसे नगरपालिका ७ को नागपुजे पहिरो पीडितका लागि टाइम्स ग्रुप र सिन्धु समाज दक्षिण कोरियाले विभिन्न आवशक सामग्री राहत उपलब्ध गराएको छ । टाइम्स ग्रुप र सिन्धु समाज दक्षिण कोरियाले संयुक्त रुपमा ८४ परिवारलाई ८४ वटा ग्याँस र चुल्हो वितरण गरेको हो । साथै उनीहरुले महिलालाई आवश्यक पर्ने स्यानीटरी प्याड, ३० थान पोलार ब्ल्याङकेट, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २ सय थान मास्क वितरण गरेका छन् । उनीहरुले बिहीबार पहिरो पीडितसामू पुगेर बिहीबार टाइम्स ग्रुपका तिर्थ श्रेष्ठ,सुरेन्द्र श्रेष्ठ, सुजन श्रेष्ठ र सिन्धु समाज दक्षिण कोरियाका प्रतिनिधि एल बी श्रेष्ठले सो सामान हस्तान्तरण गरेका हुन् । उनीहरुले पहिरोमा परी घाइते भएका सुर्य खड्कालाई ६० हजार र अनुष्का प्रधानलाई २५ हजार स्वास्थ्य उपचार खर्च पनि सहयोग गरेका छन् । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने वर्षैपिच्छे घट्दै चौरी गोठ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम