Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठअर्थआमा समूहले गरे पहिरो पीडितलाई १ लाख बढी सहयोग

आमा समूहले गरे पहिरो पीडितलाई १ लाख बढी सहयोग


बाह्रबिसे । बाह्रबिसे नगरपालिका घुम्थाङ पहिरोबाट आफन्त गुमाएका ११ परिवारलाई आर्थिक सहयोग गरिएको छ । खेन्पो मुर्छेन दोर्जे लामा र सृजनशील आमा समुह तातोपानीले पीडित परिवारलाई जनही १० हजारको दरले १ लाख १० हजार आर्थिक सहयोग गरेको समूहकी अध्यक्ष तारा शेर्पाले जानकार दिइन् ।

आज घटनास्थल घुम्थाङ पुगेर खेन्पो र आमा समूहका केही सदस्यले उक्त सहयोग पीडितलाई हस्तान्तरण गरेका हुन् । आमा समूहले विस्थापितहरुको खानाको लागि नगद १० हजार आर्थिक सहयोग गरेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस