Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थसुरक्षित भएर व्यापार व्यवसाय सञ्चालन गरौंः उद्योग वाणिज्य संघ

सुरक्षित भएर व्यापार व्यवसाय सञ्चालन गरौंः उद्योग वाणिज्य संघ


बाह्रबिसे । जिल्लामा भोलिबाट पूर्ण रुपमा लकडाउन खुल्ने भएसँगैं उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले आफ्ना व्यवसायीहरुलाई सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकोले व्यवसाय सञ्चालन गर्दा सुरक्षित भएर गर्न आग्रह गरेको हो ।

`लकडाउन खुल्नासाथ खुशी भएर असुरक्षित रुपमा व्यापार व्यवसाय नगरौं संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले भने, सबैभन्दा पहिला आफ नै सुरक्षित हुनुपर्दछ त्यसैले सुरक्षा अपनाई सामाजिक दुरी समेत कायम गरौं ।`

संघले व्यवसयाीहरुलाई जिल्ला प्रवेश गर्दा अनिवार्य रुपमा पालिकाको सिफारिस लिन पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, `जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिए अनुसार सामाजिक दूरी कायम गरी , स्वास्थ्य तथा सुरक्षाका उपायहरु अपनाइ जिल्ला प्रशासन कार्यलयले तोकेको व्यापार, व्यवसाय मात्र सञ्चालन गरी सहयोग पुर्याइदिनहुन संघ आफ्ना सदस्य, उद्योगी, व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछ ।`


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!