गृहपृष्ठ ∕ अर्थ ∕ मध्यभोटेकाशी समयमै नसकिने मध्यभोटेकाशी समयमै नसकिने Sindhu Khabar भदौ ३१, २०७७ गते १५:४१ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्धारित समयमा नसकिने भएको छ । विभिन्न समय र स्थानमा भएका विपत्ति र महामारीका कारण आयोजना समयमै सकिन कठिनाई भएको हो । भोटेकोशी नदीमा पटकपटक आएको बाढी र (कोभिड –१९) कोरोना भाइरसका कारण काम हुन नसकेपछि काम सम्पन्न हुन कठिनाइ देखिएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताए । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु भएको परियोजनाको काम सन् २०१६मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर भूकम्प र बाढीले गर्दा निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको छ । आयोजनाको कूल सात हजार एक सय मिटर सुरुङमध्ये पाँच मिटर मात्र सुरुङ काम बाँकी रहेको उनले बताए । १५ अर्ब ३ करोड लागतमा निर्माण भइरहेको आयोजनाको सीभील कार्य चिनियाँ ठेकेदार कम्पनी ग्वाङसी हाइड्रो इलेक्ट्रिक कन्सट्रक्शन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एन्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाका लागि ४०० केभीको प्रसारण लाइन बाह्रबिसेमा सबस्टेशन रहने गरी बाह्रबिसे–लप्सेफेदी प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा