गृहपृष्ठ ∕ अर्थ ∕ बालुवा अनुगमन टोली बाह्रविसेमाथि पुगेन, ३५ हजार घनमिटर जफत बालुवा अनुगमन टोली बाह्रविसेमाथि पुगेन, ३५ हजार घनमिटर जफत Sindhu Khabar भदौ ३०, २०७७ गते १४:५९ मा प्रकाशित चौतारा । नदिजन्य सामग्री उत्खननमा रोक लगाएको समयमा जिल्लाका विभिन्न खोलाबाट निकालिएको बालुवा जफत गरिएको छ । असारबाट हालसम्म अबैध तवरले उत्खनन गरिएको करिव ३५ हजार घनमिटर बालुवा जफत गरिएको हो । नदीजन्य तथा खानीजन्य जिल्ला समन्वय समितिको अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा थुपारिएको बालुवा सिल गरेको हो । जिल्ला समन्वय समितिले यो हालसम्मकै उच्च परिमाणमा अवैध वालुवा जफत गरेको दावी गरेको छ । संकलन गरेर राखिएको ३५ घनमिटरदेखि १५ हजार घनमिटरसम्मको बालुवा सिलमा परेको छ । अनुगमन टोलीले हेलम्बु, मेलम्ची, इन्द्रावती, चौतारा साँगाचोकगढीसहित अरनिको राजमार्गमा राखिएका बालुवा सिल गरेको हो । तर, अनुगमन टोली धेरै परिमाणमा रहेको बाह्रविसेको गाती, जम्बु, बसेरीलगायतका क्षेत्रमा पुगेको छैन । अन्यत्रबाट बालुवा जफत गरेपनि त्यहाँका स्थानीयले यो क्षेत्रमा अनुगमन टोली नआएको जानकारी दिएका छन् । यो क्षेत्रमा ठूलो परिमाणमा बालुवा रहेको स्रोतको दावी छ । अनुगमन समितिकी संयोजक तथा जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाले त्यो क्षेत्रमा बालुवा नभएको हुन सक्ने भएकाले नगएको बताइन् । ‘अहिले भ्याएका छैनौं, पहिला त्यहाँ बालुवा छैन भन्ने लागेको थियो,’ उनले भनिन्, ‘अहिले सूचना आएको छ, त्यो क्षेत्रमा जाने छौं ।’ जफत गरिएको वालुवा लिलाम बिक्री गर्ने अधिकार स्थानीय तहलाई हुनेछ । सापकोटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी बलका प्रतिनिधि र सम्बिन्धित स्थानीय तहका प्रतिनिधि सम्मिलित एक अनुगमन टोली गठन गरेको थियो । अनुगमनका क्रममा ५ वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा