Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थचन्दा उठाएर राहत वितरण

चन्दा उठाएर राहत वितरण


चोकटी ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा पहिरोबाट विस्थापित भएका पीडितहरुलाई स्थानीय युवा तथा समाजसेवीबाट चन्दा उठाएर राहत वितरण गरिएको छ । बस्ती नजिकै गएको पहिरोले घर जोखिममा परेपछि सेलेटोलका ११ परिवारलाई स्थानानन्तरणसहित राहत प्रदान गरिएको हो ।
युवा तथा समाजसेवीबाट सहयोग संकलन गरि पहिरो पीडितहरुलाई दैनिक आधारभूत आवश्यकताका सामग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठको भनाई छ ।
अध्यक्ष श्रेष्ठले राहत सामग्री हस्तान्तरण गर्दै जोखिम स्थानमा नबस्न स्थानीयलाई सुझाएका थिए ।
साई श्री नेसनल ट्राभल्सका एम.डि.मुनाल बस्नेत, कल्याणकारी स्वयंसेवक संघ नेपाल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सुकदेव रिसाल, सदस्यहरु राजन राउत, सूर्य गुरुङ, सरोज गुरुङ, शंकर तामाङ, धु्रव राज गुरुङ, नेत्र जिरेल र विजय जिरेल लगायत गाउँको युवाहरुको सक्रियतामा सहयोग प्राप्त भएको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!