Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थदुगुनागढीको मौलिकता फर्काउँदै स्थानीय

दुगुनागढीको मौलिकता फर्काउँदै स्थानीय


तातोपानी ।

भूकम्पले क्षति पुर्याएको ऐतिहासिक दुगुनागढीको मौलिकता फर्काउन स्थानीय जुटेका छन् । भूकम्पपछिको पुनर्निर्माणसँगै दुगुनााागढी ठडिएपछि थप पुरानो स्वरुप बनाई मौलिकता फर्काउन स्थानीय लागिपरेका हुन् ।
गढीमा तोप ढुंगा (तोप प्रहार गर्ने स्थल जहाँ पाइलाको चिन्ह देखिन्छ), घोडा टाप छापदेखि गोलघर वा गोदामस्थललाई पहिलेकै प्राचिन अवस्थामा ल्याइएको छ । पर्यटक आकर्षित गर्न होमस्टेको प्रर्वद्धनमा समेत स्थानीय जुटेको भोटेकोशी गाउँपालिका वडा नं. ३ का अध्यक्ष कैलाश पौडेलले जानकारी दिए । प्रदेश सरकारको ३० लाख बजेट र स्थानीय सरकारको सक्रियतामा दुगुनागढीलाई पुरानो स्वरुपमा ठडिएपछि आर्कषणको केन्द्रबिन्दु बन्न पुगेको छ ।
एकसय ६० वर्ष पुरानो दुगुनागढी पूर्ण रुपमा निर्माण भएपछि यहा हेर्न आउनेको लर्को लाग्न थालेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न गरिएको लकडाउनले फुर्सदिलो बनेका अधिकाशं घुम्न दुगुनागढी हुदै भैरवकुण्ड पुग्ने गरेका छन् ।
पहिले झै प्राचीन स्वरुपमा त्यहाँकै ढुंगा राखेर बनाइएकाले पुरानै संरचनाको महसुस हुने गरेको स्थानीय बताउँछन् । पर्खाल भत्किएकै स्थानबाट उठाएर त्यही प्रयोग गरिएकोले दुुगुनागढीको शोभा बढेको वडाअध्यक्ष पौडेल बताउँछन् । वि स १९१२ मा भएको नेपाल र तिब्बतीबीच भएको लडाईमा नेपालको युद्ध सुरक्षाको लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले उक्त गढी निर्माण गरेका हुन् । ‘त्यहाँको शिलालेख पहिलेकै स्थानमा जोडर राखेर निर्माण सकेका छौ, त्यसले यसको शोभा झनै बढाएको छ,’ दुगुनागढीलाई प्रचारमा ल्याउन अभियान चलाइरहेका भोटेकोशी गाउ“पालिकाका प्रमुख राजकुमार पौडेलले भने । ठुलो गढीलाई पुरानै स्वरुपमा ल्याइएपनि सानो गढी भने क्षतिग्रस्त अवस्थामा भएपनि संरक्षण गरिरहेको उनले बताए ।
ठूलो र सानो दुगुनागढीको मर्मतसंम्भारको लागि गाउँपालिकाबाट दश लाख बजेट छुट्याइएको पौडेलको भनाइ छ । ‘सानो गढीको पुनर्निर्माणको लागि पुरातत्व विभाग एक करोड बजेट विनियोजन भएको खबर पाएका छौ,’ उनले भने । नेपाल आर्मीबाट प्रतिक्षालय, झण्डाको लागि चार लाख बजेट राखिएको छ ।
नेपालको ऐतिहासिक १० गढीमध्ये एक मानिने दुगुनागढीको मौलिकता फर्काउदै आफै स्थानीय आफै स्थलगत संरक्षणमा जुटिरहेका हुन् । करिब ४२ सय वर्गमिटर फराकिलोमा फैलिएको उक्त गढीमा सिडिएमए टावर देखि विभिन्न हाउसवायर समेत जडान गरिएका छन । वरिपरी रहेका विशाल ढुंगामा पहराको खोचमा तत्कालीन समयमा युद्ध गर्दा जंगबहादुरले सुरक्षाको लागि गढी बनाएका थिए । त्यहाँबाट युध्दको क्रममा तिब्बती भेगमा तोप समेत प्रहार गरिएको बुढापाका बताउँछन् । पुरातत्व विभागले गढीसम्बन्धी तंथ्याकमा दुगुनागढीलाई विशेष महत्व दिएकाले भुकम्पअघिसम्म दुगुनागढी मर्मतसम्भारको नेपाली सेना , सशस्त्र प्रहरी बेलाबेलामा जाने गर्दथे ।
भोटेकोसी गाउँपालिका दुगुनास्थित ऐतिहासिक दुगुनागढीसँगै पहिले होमस्टे प्रयास गरिएका यार्मासिह, छिम्थाङ जस्ता गाउँलाई फर्काउन पहलकदमी लिइरहेको दुगुनाका वडाध्यक्ष पौडेलले बताए । ‘गाउँको पुनर्निर्माण सकेसगै ऐतिहासिक दुगुनागढीलाई मौलिक स्वरुपमा स्थापीत गर्ने लक्ष्य लिएका छौ, त्यही अनुसार काम भइरहेको छ,’ उनले भने । दिनिथाङ्,दुगुना हुदै चर्चित भैरवकुण्ड पुग्ने ३० लाख बजेट छुट्ट्याएर सडकको डिपिआर सकेर अन्य काम भइरहेको वडाध्यक्ष पौडेलले जनाए ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!