Techie IT
Wednesday, October 28,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठअर्थउद्योग व्यवसाय सुरक्षित रुपमा सञ्चालन गर्न उद्योग वाणिज्य संघको आग्रह, बजार अनुगमन गर्न समिति

उद्योग व्यवसाय सुरक्षित रुपमा सञ्चालन गर्न उद्योग वाणिज्य संघको आग्रह, बजार अनुगमन गर्न समिति


बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सुरक्षित रुपमा पसल व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

मंगलबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सावधानी अपनाएर पसल व्यवसाय सञ्चालन गर्न अनुमति दिएसँगैं भदौ २५ देखि भदौ ३१ सम्म बिहान ११ देखि ४ बजेसम्म उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरेको हो ।

संघले सम्पुर्ण उद्योग व्यवसायी, जुता, कपडा, कस्मेटिक, फेन्सी, इलेक्ट्रोनिक पसलहरु स्वास्थ्य सावधानी अपनाइ सञ्चालन गर्न अनुरोध गरेको हो ।

संघले स्वास्थ्य सावधानी अपनाई व्यवसाय सञ्चालन गरेका छन् कि छैनन् त्यसको अनुगमन गर्न बजार अनुगमन समिति बनाएको छ । आज बसेको संघको बैठकले बाह्रबिसे बजारका लागि कैलाश श्रेष्ठको संयोजकत्वमा, लामोसाँघुमा बिदुर खड्काको संयोजकत्वमा, चौतारा बजार अनुगमनका लागि श्यामकृष्ण श्रेष्ठ र मेलम्ची बजार अनुगमनका लागि जगन्नाथ चालिसेको संयोजकत्वमा समिति गठन गरेको छ ।

उनीहरुले व्यवसाय सञ्चालन स्वास्थ्य सावधानी अपनाएर, सामाजिक दुरी कायम गरेर गरेको छ कि छैन् अनुगमन गर्ने संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस