Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठअर्थमेलम्ची २ जाल्पा मावि वरपर चियाका बिरुवा रोपियो

मेलम्ची २ जाल्पा मावि वरपर चियाका बिरुवा रोपियो


मेलम्ची । विद्यालय सफा स्वच्छ , हरीयाली बनाउन विद्यालय वरपर बिरुवा रोपिएको छ । मेलम्ची नगरपालिका वडा नं २ मा रहेको जाल्पा देवी माध्यमिक विद्यालयमा २ सय ७५ वटा चियाको विरुवा आज रोपिएको हो ।

एभेरेष्ट चिया बगानको सहयोगमा चियाको विरुवा विद्यालयलाई सहयोग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर खतिवडाले बताए । पहिलो चरणमा २ सय ७५ वटा विरूवा रोप्ने काम सम्पन भएको छ ।

दोस्रो चरणमा बगैचामा धुपी ,कपुर ,पारिजात ,रूद्राक्ष र तेस्रो चरणमा खेलमैदान बनाउने कार्यक्रम रहेको विद्यालयका निमिति प्रधानध्यापक रामप्रसाद खतिवडाले बताए । वडा अध्यक्ष सन्त वहादुर तामाङ्ग, विब्यस अध्यक्ष खतिवडा, विद्यालयका निमित प्रअ खतिवडाको पहलमा वृक्षारोपण गरिएको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस