Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठअर्थवर्षैपिच्छे दुख्छ सिन्धुपाल्चोक

वर्षैपिच्छे दुख्छ सिन्धुपाल्चोक


चौतारा ।

सात वर्षअघि २०७१ साउन १७ को मध्यरातमा इट्नीको पहाड खसेर सुनकोसी नदी थुनिएको जुरे पहिरोको घटनादेखि सिन्धुपाल्चोक वर्षेनी बाढी र पहिरोको चपेटामा पर्ने गरेको छ । बर्खासँगै आउने बाढी पहिरोले हरेक वर्ष सिन्धुपाल्चोकमा धेरै मानवीय क्षति हुने गरेको हो ।
सात वर्षको अवधिमा श्रृंखलाबद्ध रूपमा पहिरोको मारमा सिन्धुवासी पर्ने गरेका छन् । जुरे पहिरोले ३१ बालबालिकासहित एक सय ४५ जनाको एकै चिहान बनाएको थियो । बर्खामा उर्लिएको सुनकोशीलाई पहिरोले १४ घण्टा थुनेको थियो । १४ घण्टापछि नदि पहिरोबाट ओभरफ्लो भएर बगेको थियो ।


जुरेमा त्यति धेरै क्षति भोगेको सिन्ध्ुपाल्चोकले अर्काे वर्ष पनि ठूलो विपत्तिको सामाना गरेको थियो । १४ जिल्ला अति प्रभावित हुने गरि आएको भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पु¥यायो ।
सो भुकम्पमा सिन्धुपाल्चोकका ३ हजार ५७३ जनाले ज्यान गुमाए । साविक जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्यांकअनुसार भूकम्पले ९५ प्रतिशत घर ध्वस्त बनायो । सरकारी तथा सामुदायिक भवन र विद्यालय भवनहरु पनि ध्वस्त हुन पुगे । सो क्षतिबाट सिन्धुपाल्चोक अझै पनि पूर्ण रुपमा उठ्न सकेको छैन । त्यसयता पनि वर्षेनी बाढी र पहिरोको चपेटामा सिन्धुपाल्चोक पर्दै आएको छ । भुकम्पछि सो क्षेत्रको भु–बनावट कमजोर बनेको कतिपय विज्ञको भनाई छ ।


त्यसको वर्षदिनपछि भदौ २१ गते भोटेकोशी बाढीले वितण्डा मच्चायो । नदि करिडोरमा संयौ परिवार विचल्लीमा परे । विस्थपित भए । धेरै घर बगायो । त्यतिबेला सिन्धुपाल्चोकले ठूलो आर्थिक क्ष्गति व्यहो¥यो ।
एता लार्चा पुल बगायो । बाह्रविसेमा रहेका साँधी खोल्सामा आएको बाढीले पक्की पुल बगाउँदा तातोपानीसँग सम्पर्कविहीन बनाएको थियो ।
७१ सालपछि भोटेकोसी किनार र आसपासका बस्तीमा वर्षेनी साना–ठूला पहिरोले जनधनको क्षति पु¥याउने गरेको छ । नेपाल–चीन सीमाको तातोपानीदेखि खाडीचौरसम्मको क्षेत्र बाढी र पहिरोको जोखिममा देखिन्छ । पछिल्लो केही वर्षका घटनालाई हेर्दा भोटेकोसी र सुनकोसी करिडोर बाढी पहिरोको उच्च जोखिममा रहे पनि उक्त क्षेत्रलाई सुरक्षित बनाउने या जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरण गर्ने सरकारको कुनै योजना देखिदैन ।


यही वर्ष बाह्रविसे नगरपालिकाको जम्बु, खागदल तथा भोटेकोशी गाउँपालिकाको लार्चामा खहरे भेल उर्लिदा दर्जनौं घर बगायो । २२ जनालाई बेपत्ता बनायो । काठमाण्डौं लैजाने पानी सुरुङबाट यतै फर्कदा तीन जना बगायो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा तीन जना बगाएको हो । इन्द्रँवती नदिमा पनि यो वर्ष तीन जना बेपत्ता भएका छन् ।
गएको साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पनि सरकारले सुरक्षित स्थानमा नसारेको स्थानीयले बताएका छन् । लिदीका जनता र स्थानीय प्रतिनिधिले सुरक्षित स्थानमा सार्न आग्रह गरेपनि स्थानीय प्रशासनले अटेर गरेपछि घटना भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।
३९ जना पुर्ने गरि आएको लिदी पहिरोमा परि मृत्यु हुनेको संख्या ३६ पुगेको छ । नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले लिदीके लामागाउँ बस्ती नै पुरेको थियो । बाँकी बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।


जुगल गाउँपालिका बोल्देकै ६१ परिवार अहिले विस्थापित छन् । बस्ती मुनी पानी पसेर गाउँ पहिरोको जोखिममा पुगेपछि स्थानीयवासी अलि डाँडामा गएर बसिरहेको स्थानीय जितेन पाख्रिनले जानकारी दिए । हेलम्बु गाउँपालिकाको बोल्दे पनि उस्तै समस्यामा छ । बस्ती मुनीबाट पहिरो खस्न्े क्रम अझै जारी भएकै कारण बस्ती जोखिममा परेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

हालै सुनकोशी गाउँपालिका ६ स्थित धुसेनी गाउँमा पनि ठूलो पहिरो गएको छ । पहिरो आएर तीन गाउँका ६२ घर विस्थापित भएर सुरक्षित स्थानमा बस्न गएका कारण तीन दिनपछि आएको थप पहिरोले चार घर पु¥यो । मानवीय क्षति भने हुन पाएन ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस