Techie IT
Tuesday, January 26,2021 / मंगलबार, माघ १३, २०७७
×
गृहपृष्ठअर्थथप स्वास्थ्य सुविधाका लागि भोटेकोशीमा दुईवटा एम्बुलेन्स

थप स्वास्थ्य सुविधाका लागि भोटेकोशीमा दुईवटा एम्बुलेन्स


तातोपानी ।

कोभिड १९ का साथै अन्य स्वास्थ्य सुविधाका लागि भोटेकोशी गाउँपालिकाले थप दुई वटा एम्बुलेन्स खरिद गरेको छ । बाढी पहिरोको समस्या भइरहने र कोभिड न्यूनीकरण तथा व्यवस्थापनका लागि सघाउ पुग्ने हेतुले गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।
हालसम्म गाउँपालिकामा एउटा मात्रै एम्बुलेन्स सञ्चालनमा छ । पहाडी भूभाग भएकाले कुनै पनि समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउन सहज गराउन एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार थप ल्याइएको एम्बुलेन्स एउटा तातोपानी क्षेत्र र अर्काे हिमाली विकट गाउँ लिस्तीमा राखिनेछ । सम्बन्धित स्थानका स्वास्थ्य संयोजकलाई एम्ुबलेन्स हस्तान्तरण गरिने उनले बताए ।
‘धेरै जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि एम्बुलेन्स थपिएको हो,’ अध्यक्ष पौडेलले सिन्धुखबरसँग भने, ‘कोभिड १९ संक्रमण फैलिएमा विरामीलाई सुरक्षित रुपमा ल्याउन र लैजान सहज हुनेछ ।’


क्याटेगोरी : अर्थ, स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस