Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठअर्थनेपाली कांग्रेस जुगलद्वारा पहिराे पीडितलाई सहयाेग

नेपाली कांग्रेस जुगलद्वारा पहिराे पीडितलाई सहयाेग


गाेल्चे । नेपाली काँग्रेस जुगल गाउँपालिकाले लिदि पहिराे पीडितलाई सहयाेग गरेकाे छ । पहिराेमा परि मृत्युु तथा बेपत्ता भएका र पूर्णरूपले घर क्षति भएकाहरूकाे परिवारलाई आर्थिक सहयाेग गरिएकाे हाे ।

राहत पहिरोमा परि मृत्यु तथा वेपत्ता भएका ३९ जनाकाे परिवारलाई घेवा खर्च स्वरुप १० हजारका दरले जम्मा तीन लाख नब्बे हजार वितरण गरिएको थियो ।

पहिरो मा परि घर पुर्ण रुपले क्षति भएका १९ घर परिवार लाई ५ हजार का दर ले नगद तथा जिन्सी राहत वितरण गरिएकाे नेपाली कांग्रेस जुगल गाउँपालिकाका नेता जय बहादुर लामाले जानकारी दिए।

राहत सहयाेगका लागि नेता जंग बहादुर लामा जुगल २ का वडा अध्यक्ष को प्रत्यासी तथा तरुण जिल्ला कोषाध्यक्ष निमा जाङबो शेर्पा तरुण क्षेत्र नम्बर एक का अध्यक्ष जय चन्द्र योन्जन लिदि पुगेका थिए । राहत नेपाली काग्रेस जुगल को समन्वय मा संकलन भएको हाे ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस