Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठअर्थलकडाउनलाई पूर्ण पालना गर्न सिन्धु उद्योग वाणिज्य संघको आग्रह

लकडाउनलाई पूर्ण पालना गर्न सिन्धु उद्योग वाणिज्य संघको आग्रह


चौैतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले भदौ १ देखिको लकडाउनलाई पूर्ण पालना गर्न सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गरेको छ । सिन्धुखबरसँग कुरा गर्दै संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले सबै व्यवसायीलाई लकडाउन पूर्ण पालना गरेर स्थानीय प्रशासनलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

आज जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले भदौं १ गतेबाट एक साता जिल्लामा लकडाउन गर्ने निर्णय गरेसँगैं संघका अध्यक्षको यस्तो भनाइ आएको हो । उनले काठमाडौं र सिन्धुपाल्चोक नजिक रहेकाले काम विषेशले सिन्धुपाल्चोक या काठमाडौं रहेका व्यवसायीलाई जहाँ बस्ने हो त्यही सुरक्षित तवरले रहन पनि आग्रह गरेका छन् ।

जिल्लामा कोरोना संक्रमणको तीव्र वृद्धि हुँदै गएको र चाडवाड नजिक आउँदै गर्दा मानिसको आउजाउले संक्रमण बढ्ने सम्भावनालाई मध्यनजर गर्दै लकडाउन गरेको बुझिएको छ ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस