गृहपृष्ठ ∕ अर्थ ∕ चीनको न्यालमले दियो सिन्धुपाल्चोकलाई अत्यावश्यक स्वास्थ्य सामग्री चीनको न्यालमले दियो सिन्धुपाल्चोकलाई अत्यावश्यक स्वास्थ्य सामग्री Sindhu Khabar साउन २८, २०७७ गते १३:२२ मा प्रकाशित चौतारा । चीनको न्यालम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । न्यालम बन्दरगाहका उप निर्देशक साङबुले बुधबार लिपिङ पुलमा तातोपानी भन्सार प्रमुख लाल बहादुर खत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । न्यालमले पीपीई २८ सय, डिस्पोजल मेडिकल ह्याट ५ हजार पीस, मेडिकल आइसोलेसन सुज कभर ५ हजार थान, गगल्स ३ हजार, आइसोलेसन मास्क २ हजार पीस, एन नाइन्टिन फाइभ मास्क २ हजार पीस, पिसिआर टेस्ट रिजेन्टस २ हजार थान, पिसिआर टेष्ट स्वाब २ हजार र डिस्पोजल मेडिकल मास्क ५ हजार पीस सहयोग गरेको प्रमुख खत्रीले जानकारी दिए । यो सँगैं न्यालमले सिन्धुपाल्चोकलाई तेस्रो पटक स्वास्थ्य सामग्री सहयोग गरेको हो । यसअघि दुई पटक न्यालमले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको विषेश पहलमा न्यालमले सिन्धुपाल्चोकलाई यी स्वास्थ्य सामग्री दिएको हो । यी स्वास्थ्य सामग्री जिल्लामा अत्यावश्यक परेका स्थानीय तह र स्वास्थ्य संस्थालाई दिने सिडियो ढकालले बताए । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने वर्षैपिच्छे घट्दै चौरी गोठ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो