चौतारा नगरको गतवर्षको प्रगति सार्वजनिक

चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७६,७७ को वार्षिक प्रगति सार्वजनिक गरेको छ । आज भएको कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमसँगै गएको वर्षको प्रगति सार्वजनिक गरेको हो ।
पत्रकार भेटघाट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्मुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गरे । गत वर्ष नगरपालिकाले संघीयतर्फको बजेटमा कुलमध्ये ६४ दशमलव ७७ प्रतिशत रकम खर्च गर्यो । कुल एघार करोड ८५ लाखमध्ये सात करोड ६७ लाख६३ हजार रुपैयाँ खर्च भएको हो ।
त्यस्तै प्र्रदेशतर्फको २६ करोड ६२ लाख चार हजार बजेटमध्ये १७ करोड ९१ लाख ६० हजार रुपैयाँ खर्च भएको थियो । प्रदेशको बजेटमध्ये खर्च भएकोमा ६८ दशमलव ७४ प्रतिशत हुन आउँछ । त्यस्तै आन्तरिक स्रोत आम्दानीबाट ९५ दशमलव २ज्ञ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रतिवेदन पेश गरे । आन्तरिक स्रोतको चौध करोड चार लाख बीस हजार मध्ये तेह्र करोड ३७ लाख रुपैयाँ खर्च भएको हो ।
नगरपालिकाले पुजीगततर्फ ६८ दशमलव ७१ र चालुतर्फ ८५ दशमलव ६१ प्रतिशत रकम खर्चेको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस