बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थनेपाल चिनियाँ प्रवासी व्यापार संघले दियो भोटेकोशी बाढीपहिरो पीडितलाई सय थान म्याट्रृेस

नेपाल चिनियाँ प्रवासी व्यापार संघले दियो भोटेकोशी बाढीपहिरो पीडितलाई सय थान म्याट्रृेस


काठमाडौं ।
नेपाल चिनियाँ प्रवासी व्यापार संघले भोटेकोशी गाउँपालिकालाई म्याट्रेस सहयोग गरेको छ । आइतबार काठमाडौंको नयाँ बजारमा गाउँपालिका अध्यक्ष राज कुमार पौडेललाई एक सय थान म्याट्रेस हस्तान्तरण गरेको हो ।
करिब तीन लाख ५० हजार रकम बराबरको म्याट्रेस सहयोग पाएको अध्यक्ष पौडेलले जानकारी दिए । सो सामान आजै बाढीपीडितहरुलाई दिने योजना भएतापनि बाटो बिग्रेका कारण लान नसकिएको उनले बताए ।
यसअघि पनि भूकम्पमा नेपाल चिनियाँ प्रवासी संघले भोटेकोशीका बासिन्दालाई सहयोग गरेको पौडेलले बताए । यो संस्था चीनबाट आएर नेपालमा व्यापार व्यवसाय गरिरहेका व्यापारीहरुको छाता संगठन हो ।
भोटेकोशी गाउँपालिकामा लार्चा, बुल्कोट, फुल्पिङकट्टीमा गरी एक सय घर परिवार विस्थापित छन् । उनीहरु केही तातोपानी सुख्खा बन्दरगाहमा बसेका छन् भने केही आफन्तको शरणमा बसेका छन् । उनीहरुको खानेबस्ने व्यवस्था गाउँपालिकाले नै गरिरहेको पौडेलले बताए । यसैबीच भोटेकोशी गाउँपालिकाको विपद व्यवस्थापन कोषमा १५ लाख जम्मा भएको छ ।
विभिन्न संघसंस्थाले स्वस्फुर्त रुपमा बाढी पहिरो पीडितको सहयोगकालागि उक्त रकम जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।

क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!