आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठअर्थसडकले जोडियो तातोपानी नाका

सडकले जोडियो तातोपानी नाका


तातोपानी ।

असार २४ गते आएको बाढीले टुटेको बाह्रविसे–तातोपानी खण्ड २१ दिनपछि सडकले जोडेको छ । सडक विभाग, स्थानीय तहसहित विभिन्न संघसंस्था र स्थानीयको पहलपछि २६ किलोमिटर रहेको यो सडक जोडिएको हो ।

असार २५ मा आएको भोटेकोशी नदि जोड्ने खहरे खोलामा बाढी आउँदा घर बगाउनुका साथै २२ जना बेपत्ता भएका थिए । बाढीले भोटेकोशी गाउँपालिका ५ स्थित बुल्कुटेको पुलसमेत बगायो । अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्म रहेका खुर्सानीबारी, जम्बु, खागदल, डाक्लाङ, बुल्कुटे, सिरिसे, १० किलो, तातोपानी, कोदारीलगायतका स्थानका सडक कटान गरेको थियो । अहिले कटान भएका सडक निर्माण गरिएपछि तातोपानी नाका सडकले जोडेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए ।

बाढी र पहिरोले अबरुद्ध बनाएको सडक साउन ३ गतेबाट निर्माण गर्न सुरु गरिएको थियो । स्थानीय तह, सडक विभाग, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, मध्यभोटेकोशी जल विद्युत आयोजना, स्थानीय संघसंस्था र स्थानीयवासीको पहलमा सडक निर्माण गरिएको सापकोटाले बताए ।

अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना, खाग्गदलमा यसअघि नै अस्थायी रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन भइसकेको छ । सबैभन्दा समस्या रहेको जम्बुमा ह्युमपाइप राखेर अस्थायी रुपमा सडक निर्माण भएको सडक कार्यालय चरीकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।
बाढीपहिराले सबैभन्दा बढी क्षति भएको जम्बुमा ह्युमपाइप राखी तीन लाइनको कल्भर्ट निर्माण गरेर अस्थायीरुपमा सडक निर्माण गरिएको महतोले बताए ।  अस्थायीरुपमा यातायातका साधन सञ्चालन भएसँगै स्थायी रुपमा सडक निर्माणका लागि पनि प्रक्रिया शुरु गरिएको छ ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!