चौतारामा मास्क नलगाई हिड्ने १३ जनालाई जरिवाना

चौतारा । सदरमुकाम चौतारा बजारमा मास्क नलगाई हिड्ने १३ जनालाई स्थानीय प्रशासनले जरिवाना लिएर छाडेको छ ।
लकडाउन सकिएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मास्क नलगाई हिड्ने १३ जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुलाई संक्रमण रोग ऐन,२०२० अन्तर्गत कारबाहीको लागि बुझाईएकोमा जिल्ला प्रशासन कार्यालय,सिन्धुपाल्चोकबाट जनही रु.१०० को दरले जरिवाना गरी छाडिएको छ । सिन्धुपाल्चोकमा मास्क नलगाई हिड्न प्रतिबन्ध गरिएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस