Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठअर्थमृतक र बेपत्ता परिवारलाई सहकारीले बाँडयो नगद राहत

मृतक र बेपत्ता परिवारलाई सहकारीले बाँडयो नगद राहत


बाह्रबिसे । बाह्रबिसे नगरपालिका ४ मा रहेको क्षमादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जम्बु बाढीमा जनधन गुमाएका परिवारलाई नगद राहत सहयोग गरेको छ ।

उक्त सहकारीको जम्बुमा रहेको सदस्य सेवा केन्द्रले नगद सहयोग गरेको हो ।  सहकारीका सचिव ईश्वरलाल श्रेष्ठले असार २५ गते राती एल्मो ठाडोखोला र भोटेकोसी नदीको बाढीले बाह्रबिसे नपा ५ जम्बुका १७ घरपरिवारका सदस्य बाढीमा बेपत्ता भएका थिए ।

श्रेष्ठले बाढीमा बेपत्ता भएका र मृत्यु भएका १७ जना परिवारलाई पाँच हजारका दरले नगद सहयोग गरिएको जानकारी दिए । क्षमादेवी राहत कोषबाट मृतक एक परिवारलाई १० हजार नगद सहयोग गरिएको छ ।

बाढीमा जनधन गुमाएका परिवारलाई आत्मनिर्भर बनाउन सीपमूलक र आयआर्जनमूलक तालिम पनि निशुल्क दिने सचिव श्रेष्ठले बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!