Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठअर्थबाढीपहिरो पीडितलाई दुई संस्थाद्वारा सहयोग

बाढीपहिरो पीडितलाई दुई संस्थाद्वारा सहयोग


तातोपानी ।
भोटेकोशी बाढी र पहिरोबाट पीडित भएकाहरुलाई दुई सामाजिक संस्थाले राहत सामग्री सहयोग गरेको छ । टुकी संघ सुनकोशी र बोधी सत्व विहार ताइवानले खाद्यान्नलगायत विभिन्न सामग्री सहयोग गरेको हो ।

आज पीडितहरु बसेको स्थानमै पुगेर संस्थाले राहत वितरण गरेको छ । बोक्चेनका ११, कोदारीका १५, लिस्तीका २३, बुल्कोटेका ४ र फुल्पिङकट्टीका १७ पीडित परिवारलाई राहत वितरण गरिएको हो । खाद्यान्न, त्रिपाल, म्याट्रेक्स,पोलार, किट बक्सलगायत सामग्री वितरण गरिएको हो ।

सरसफाई, महिला तथा बालबालिकाहरुलाई आवश्यक पर्ने सामग्रीसमेत वितरण गरिएको टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले जानकारी दिए । पीडितहरुलाई वाग्मती प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पालगायतले वितरण गरेका थिए ।

पीडितहरुका लागि मन्त्री अरुण नेपालले भोटेकोशी गाउँपालिकाको विपद कोषमा एक लाख पच्चीस हजार र तातोपानीका पहिरो पीडितलाई पच्चीस हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार