गृहपृष्ठ ∕ अर्थ ∕ पानी चुहिन्छ मेलम्ची सुरुङमा पानी चुहिन्छ मेलम्ची सुरुङमा Sindhu Khabar साउन १०, २०७७ गते ११:५७ मा प्रकाशित मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट पानी परीक्षणको सातादिन नपुग्दै फुटेपछि सुरुङको गुणस्तरमाथि प्रश्न उठ्न थालेका छन् । हेर्डवक्सस्थल, अडिटजस्ता संरचना अविरल वर्षातले झनै क्षतिग्रस्त अवस्थामा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिट जोड्ने १७ नम्बर गेट फुटेपछि मुहानस्थल र सुरुङको निरीक्षणमा पुगेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङको ५ सय मिटर भागमा जताततै पानी चुहिएर बाहिर निस्केको देखिएको बताए । ‘भित्री सुरुङ पनि कमजोर छ, गेट मात्रै होइन सुरुङ भत्केकोजस्तो शंकास्पद देखिएको छ, यसबारे गहन अध्ययन हुनु जरुरी छ ।’ उनले भने । काम छोडेर फरार इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्तेस्टी दी रेभेना (सिएमसी )ले मापदण्डविपरित अल्कालीको मात्र शून्य दशमलव ६ भन्दा माथिको सिमेन्ट सुरुङ निर्माणमा प्रयोग गरेको प्राविधिकहरु बताउँछन् । ‘त्यसबेला सिएमसीले मापदण्ड विपरितको सामाग्री प्रयोग गरेर बनाएको थियो, त्यसैले पनि सुरुङ कमजोर बनेको हुनसक्छ,’ एक प्राविधिकले भने । इन्जिनियरिङ स्पेसिफिकेशनअुरुप अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा तलको सिमेन्ट मात्रै प्रयोग गर्न सकिनेछ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतारा, बाह्रबिसे, खाडिचौरलगायत क्षेत्रमा आज ७ घण्टा बती जाने फेरि बन्द हुने भयाे ताताेपानी नाका १२ दिनमा ७७० सवारी साधन कारवाहीमा कोरियाली भाषा परीक्षाको टुङ्गो नलाग्दा हजाराैं युवा अलमलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै