Techie IT
Wednesday, June 23,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठअर्थबाढीपहिरो पीडितका लागि तरुण दलको लाखौं सहयोग

बाढीपहिरो पीडितका लागि तरुण दलको लाखौं सहयोग


चौतारा ।

वर्षायाम शुरु भएलगत्तै बाढीपहिरोबाट आक्रान्त भएका पीडित परिवारलाई नेपाल तरुण दलले लाखौं रुपैंया नगद, खाद्यान्न तथा आवासिय सामाग्री वितरण गरेको छ । दलका सदस्य र शुभचिन्तकहरुले व्यक्तिगत रुपमा आफैंले जम्मा गरेको उक्त रकम र सामाग्री जुगल गाउपालिकाको लिदी, भोटेकोकोसीको तातोपानी, कोदारी एवं सुख्खाबन्दरगाह तथा बाह्रबिसे नगरपालिकाको जम्बुका पीडितलाई वितरण गरिएको हो ।

बाह्रबिसे खागदलका पीडितहरुलाई केही दिनमै वितरण गरिने जनाइएको छ । तरुण दल सिन्धुपाल्चोक अध्यक्ष तथा महासमिति सदस्य दोर्जे लामाको नेतृत्वमा जम्बुका विस्थापित २७ परिवारलाई २–२ हजारका तथा मृतको परिवारलाई ५–५ हजार गरी ९९ हजार हस्तान्तरण गरिएको छ । भोटेकोसी–४ फुलपिङकट्टीको मृतकको परिवारलाई ३० हजार, तातोपानी बजारस्थित सर्की शेर्पाको परिवारलाई २० हजार प्रदान गरिएको छ । दलका अध्यक्ष लामाका अनुसार तातोपानीको सुख्खाबन्दरगाहमा बस्दै आएका १६ जना अपांग र ३ जना सुत्केरीलाई एक हजारका दरले नगद सहयोग प्रदान गरिएको छ ।

सुख्खाबन्दरगाह लार्चामा बस्दै आएका विस्थापितहरु १ सय ८२ जना बस्दै आएका छन् । बन्दरगाहका २१ जना बालबालिकालाई एक÷एक वटा हर्लिक्स प्रदान गरिएको छ । त्यहा विस्थापितलाई ३५ बोरा चामल पनि प्रदान गरिएको दलले जनाएको छ । राहतका लागि दलको केन्द्रीय तरुण विभागका सदस्य पासाङनोर्वू शेर्पासहितले आर्थिक सहयोग प्रदान गरेका थिए । त्यसैगरी कोदारीका ४० परिवार विस्थापितलाई ७४ थान त्रिपाल, ६ सय मिटर प्लाष्टिक र ४० बोरा चामल हस्तान्तरण गरिएको छ ।

यस अघि दलका सदस्यहरुले संकलन गरेको रकमबाट लिदीवासीलाई हेलिकोप्टरबाट ८५ थान त्रिपाल पठाएको थियो । त्यस्तै अध्यक्ष लामाले यस अघि आफ्नो निजी खर्चमा पहिरोबाट उपचारमा बिन्चत भएकी सुत्केरी र वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेर राजधानी लगेका थिए । तरुण राहत कोष घोषण गरिने यसैबीच अध्यक्ष्य दोर्जेले तरुण राहत कोष घोषणा गर्ने तयारी भएको जानकारी दिए । हरके वर्ष हुने बाढीपहिरो लगायतका प्राकृतिक प्रकोप पीडित, अप्ठरोरो अवस्थामा परेका विपन्न। संगठनका सदस्य र सुभचिन्तकहरुलाई पर्ने व्यक्तिग र सामुहिक समस्यामा सघाउने उद्देश्यले राहत कोष बनाउन लागेको उनले बताए । शुभचिन्तक र सदस्यहरुबाट रकम संकलन गरेर कोषमा राख्ने र आवश्यकता परेको बेला वितरण गर्नेगरी व्यवस्थापन मिलाउने उनले बताए ।

अहिले पनि त्यसैगरी रकम संकलन गरेर राहत दिएका हौं, अध्यक्ष दार्जेले भने, ‘दिर्घकालिन रुपमा सहयोग पुग्नेगरी यस्तो कोष बनाउदा उपयुक्त हुने छ ।’ हाल दलका सदस्यहरुको अगुवाइमा एक लाख ६८ हजार नगद सहयोग प्रदान गरिसकिएको छ


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!