चौताराले मालपोत कर छुट गर्ने

चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा लिने मालपोत कर छुट गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको मारमा जनता रहेको भन्दै नगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो ।
कर छुट पाउनका लागि यसअघिका सबै करहरु तिरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ । साथै, व्यवसाय सम्बन्धी कर, सम्पति सम्बन्धी कर, घर अभिलेखीकरण सम्बन्धी करअसोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा बुझाएमा विलम्ब शुल्क लाग्ने छैन ।
घर अभिलेखीकरण सम्बन्धी कर असोज मसान्तसम्म नबुझाए पुस सम्म दोब्बर लाग्नेछ । पुसपछि घर अभिलेखीकरण कार्य बन्द हुने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस