बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थसिन्धु कल्याणकारी समाज अमेरिकाद्धारा फुल्पिङकट्टी पहिरो पीडितलाई एक लाख सहयोग

सिन्धु कल्याणकारी समाज अमेरिकाद्धारा फुल्पिङकट्टी पहिरो पीडितलाई एक लाख सहयोग


चौतारा । सिन्धु कल्याणकारी समाज अमेरिकाले भोटेकोशी ४ को फुल्पिङकट्टीमा भएको पहिरोमा ज्यान गुमाएका परिवारका सदस्यलाई नगद सहयोग गरेको छ ।

समाजले बिहीबार पहिरोमा पुरिएर एकै परिवारका पाँचजनाले जयान गुमाएको घटनामा दुख व्यक्त गर्दै परिवार सदस्य ग्याल्जेन शेर्पालाई १ लाख नगद सहयोग दिने भएको ।

समाजका अध्यक्ष छिरिङ तेन्जिङ लामाले एक विज्ञप्ति निकाल्दै पीडित परिवारका सदस्यलाई उक्त रकम भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलबाट हस्तानत्रण गरिने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो सानो सहयोग मृतकहरुको अन्त्यष्टिका लागि गरिएको हो । सोसाइटीले यो सहयोगले पीडितले केही राहत महसुस गर्नसक्ने अपेक्षा गरेको छ ।’


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!