लामोसाँघुबासीले खाजा खर्च कटाएर गरे सहयोग

लामोसाँघु ।
असार २५ गते राती भीषण बाढी र पहिरोमा जनधन गुमाएका बाह्बिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको जम्बु, बुलकुटे र खाग्दलका पीडितहरुलाई लामोसाँघुबासीले खाजा खर्च कटाएर नगद सहयोग गरेका छन् ।
बलेफी गाउँपालिका ८ लामोसाँघुका युवाहरुले बजारका स्थानीयसंग गच्छे अनुसारको सहयोग जुटाएर बाढीपहिरोमा जनधन गुमाएकाहरुलाई सहयोग गरेका हुन् । छिमेकी बजारमा बाढीपहिरोले कहाली लाग्दो तरिकाले जनधनको क्षति गरयो् त्यसले हामी छिमेकी बजारबासीलाई अत्यान्तै दुखित बनायो स्थानीय युवा समाजसेवी सनिल काप्लेले भने त्यही भएर बाढी पीडितको बेदना टाल्न सहयोग जुटाएर हस्तान्रण गरिएका हौं ।
युवाहरुले जम्बुका ३० घरपरिवारलाई दुई हजारका दरले नगद सहयोग गरेका छन् । भोटेकोशी गाउँपालिका बुलकुटेका चार घर पीडितहरुलाई ५ हजारका दरले नगद सहयोग गरेका छन् । यसअघि सो ठाउँका पीडितलाई कुनै पनि सहयोगीहरु सहयोग गर्न पुगेका थिएनन् । यसैगरि खाग्दलका मृतक परिवारलाई नगद ५ हजार पाँच सय रुपियाँ सहयोग गरेका छन् ।
लामोसाँघुका समाजसेवी युवाहरु सनिल काप्ले, ब्लुजम कार्की, महेश्वर शाक्य, प्रेम लामा, राज श्रेष्ठ, राजकुमार श्रेष्ठ, सुरज शाक्य, प्रबिन कायश्थ पीडितहरु भएका स्थानमा पुगेर नगद सहयोग गरेका हुन् । नगद सहयोग पाएपछि दैनिक जीवनयापन गर्न सहयोग मिलेको जम्बुका बाढीमा परिवारका सदस्य गुमाएका चरी बहादुर लामाले बताएका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस