बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थकोरोनाबाट सिन्धुपाल्चोकमा थप एकको मृत्यु, ६१ पुगे संक्रमित

कोरोनाबाट सिन्धुपाल्चोकमा थप एकको मृत्यु, ६१ पुगे संक्रमित


चौतारा । कोरोना भाइरस (कोभिड १९) बाट सिन्धुपाल्चोकका एक ब्यक्तिको मृत्यु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका ४५ वर्षिय पुरुषको आज कोभिडका कारण मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार झण्डै ३ महिनादेखि विरामी रहेका उनको काठमाण्डौंमा मृत्यु भएको हो । मृतक घरमै बसोबास गर्ने गर्दथे । मृत्यु हुनु अघि नै कोरोना परीक्षण गरिएकोमा पोजेटिभ देखिएको उनले बताए । यो सँगै सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि मुलुकमै पहिलोपटक कोरोना लागेर राम्चेकी महिलाको मृत्यु भएको थियो ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । आज थपिएका पाँच सहित कोरोना संक्रमितको संख्या ६१ पुगेको हो । आज थपिएकाहरु सबै पाँचपोखरी थाङपाल गाउँपालिकाका हुन् । पाँचै जना भारतबाट आएको चापागाईले जानकारी दिए ।


क्याटेगोरी : अर्थ, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!