गृहपृष्ठ ∕ अर्थ ∕ बजेट खर्च गर्न अख्तियारी दिनेमा पनि हेलम्बु पहिलो बजेट खर्च गर्न अख्तियारी दिनेमा पनि हेलम्बु पहिलो सिन्धु खबर असार २७, २०७७ गते १०:४५ मा प्रकाशित हेलम्बु । अख्तियारी ढिला आएर बजेट खर्च गर्न नसकेको भन्ने विभिन्न निकायको गुनासो आइरहेको बेला हेलम्बु गाउँपालिकाले बजेट खर्च गर्न अख्तियारी दिएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट असार १० गते गाउँसभामा पेश गरेर २५ गते पास गरेको हेलम्बुले २६ गते नै बजेट खर्चका लागि अख्तियारी दिएको हो । गाउँसभाबाट पास भएको बजेटलाई गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले प्रमाणित गरी खर्च गर्न प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार अख्तियारी दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सभाबाट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने प्रावधान छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित शाखा, शाखा प्रमुख र वडा सचिवलाई कार्यक्रम र बजेटसहित १५ दिन भित्र खर्च गर्ने अख्तियारी दिनुपर्नेछ । ऐनमा यो प्रावधान भएतापनि कति गाउँपालिकाले यसो गरेको पाइन्न । तर अन्य कुरामा जस्तै बजेट खर्च गर्न अख्तियारी दिने कुरामा पनि हेलम्बु पहिलो भएको छ । हेलम्बुले बजेटमा भएका कार्यक्रमहरु चैतमा नै सक्ने गरेको छ । विकास निर्माणका कामहरु समयमै सक्नकालागि अख्तियारी चाँडै दिएको अध्यक्ष लामाले जानकारी दिए । देशमा चालु खर्च जति नै खर्च भएपनि पूँजीगत खर्च एकदमै कम हुने गरेको छ । वर्षभरि चुप लागेर बस्ने र आर्थिक वर्ष सकिने एक दुई महिनामा गरिने विकास दिगो नहुने हेलम्बुको ठम्याइ छ । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने वर्षैपिच्छे घट्दै चौरी गोठ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो