शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थपहिरोले ३६ मेगावाटको बलेफि क्याम्प र मेशिनमा क्षति

पहिरोले ३६ मेगावाटको बलेफि क्याम्प र मेशिनमा क्षति


सिन्धुपाल्चोक । आज बिहान गएको पहिरोले जुगल गाउँपालिकामा निर्माणाधिन ३६ मेगावाटको माथिल्लो बलेफि ए जलविद्युत आयोजनाको बाँध तथा आवास भवनलाई क्षति पुर्‍याएको छ । बलेफि हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजना जिल्लाको मध्य भेगको विकट स्थानमा रहेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजुका अनुसार पाङ्गार्पु भन्ने स्थानको ठाडो खोलामा आएको बाढीले माथिल्लो भेगबाट ठूलाठूला चट्टान र माटो बगाएर ल्याउँदा उक्त क्षति भएको हो । पहिरोले मेशिन उपकरण पुरेको छ र ४ वटा आवास भवनमा क्षति पुगेको छ । आवास भवन ठूलाठूला चट्टानले पुरेको छ ।

‘कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणले लकडाउन नभएको भए अहिलेसम्ममा पावर हाउसमा मेशिन जडानको काम सकिन्थ्यो,’कसजुले भने,‘पहिरोले आयोजानको निर्माणमा ढिलाई मात्र भएन, थप आर्थिक भार पनि परेको छ ।’ उनले आगामी असोजमा विद्युत उत्पादन गर्ने तयारीमा रहेको अवस्थामा पहिरोले क्षति पुर्‍याएको बताए । गुम्बा गाउँमा जताततै पहिरो गएकाले त्यसको असर आयोजनालाई परेको छ ।

आयोजना निर्माणका लागि ग्लोबल आइएमइको अगुवाईमा विभिन्न बैंकहरुले लगानी गरेका छन् । साविक गोल्चे र गुम्बा गाविसको बीच भागमा पर्ने लिदी गाउको तल्लो भागमा बॉध र गोल्चे एवं पाङताङको बीच बैकुण्ठेमा विद्युत गृह निर्माण निर्माणको अन्तिम अवस्थामा पुगेको बेला पहिरोले क्षति पुर्‍याएको हो ।

आयोजनाको काम करिब ८५ प्रतिशत पूरा भइसकेको छ । बॉधदेखि पावर हाउसम्मको सुरुङ चार दशमलव पाँच किमी रहेको छ । शुरुङ पूरा गर्न एक सय मिटर मात्र बाँकी रहेको छ । आयोजनाको हेड दुई सय २७ मिटर रहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!