गृहपृष्ठ ∕ अर्थ ∕ उद्योग वाण्ज्यि संघ सिन्धुले भन्यो, ‘सुरक्षित र सतर्क रहेर व्यापार व्यवसाय गरौं’ उद्योग वाण्ज्यि संघ सिन्धुले भन्यो, ‘सुरक्षित र सतर्क रहेर व्यापार व्यवसाय गरौं’ सिन्धु खबर असार २६, २०७७ गते १८:२४ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा भोटेकोशी बाढीले वितण्डा मच्चाएको र अझ भोटेकोशीबाट क्षति हुन सक्ने भन्दै स्थानीयलाई सुरक्षित रहेर काम गर्न उद्योग वाणिज्य संघले सबैलाई आग्रह गर्दछ । अविरल वर्षा भइरहेको र भोटेकोशीको बहाव अत्यधिक बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको हो । संघले आज एक विज्ञप्ति निकाल्दै व्यवसायीहरुलाई पनि सतर्कता अपनाई व्यापार वयवसाय गर्न आव्हान गरेको छ । जम्बु र बुल्कोट घटनामा मारिएकाहरुप्रति श्रदाञ्जली दिँदै संघले बेपत्ताको खोजी कार्य जारी राख्न र घाइतेहरुको निशुल्क औषधोपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । घरबार पहिरो र बाढीबाट गुमाएकाहरुलाई उचित राहतको व्यवस्था गर्न पनि संघले माग गरेको छ । हिजो भएको दुखद घटनामा राहत तथा उद्धारमा लाग्ने सम्पुर्णलाई धन्यवाद दिएको छ । विभिन्न ठाउँमा बाटो खोलाले बगाएको हुँदा तत्काल बाटो बनाएर सडक सञ्जाल सुचारु गरी बाह्रबिसे माथिको भूभागमा भौतिक सम्बन्ध जोड्न पनि संघले स्थानीय सरकारलाई आग्रह गरेको छ । क्याटेगोरी : अर्थ, समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे