गृहपृष्ठ ∕ अर्थ ∕ बाढीले मध्यभोटेकोसी आयोजनामा अर्बौँको क्षति बाढीले मध्यभोटेकोसी आयोजनामा अर्बौँको क्षति Sindhu Khabar असार २५, २०७७ गते १७:५३ मा प्रकाशित बाह्रविसे । बुधबार राति अविरल बर्षासँगै आएको बाढीले निर्माणाधिन एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनामा अर्बाै रुपैयाँ बराबरको क्षति पुगेको छ । बाह्रविसे नगरपालिकास्थित जम्बुमा आएको बाढी आयोजनामा पसेपछि त्यहाँका उपकरणहरु बगाएको हो । आयोजनाको जम्बुमा रहेका ६ गोदाम पुरिएका छन् । गोदाममा हाइड्रोमेकानिकलका सामग्री रहेको आयोजना प्रमुख सुनिल लामाले जानकारी दिए । अन्य दुई गोदाम पूरै बगाएको छ । गोदाममा पावर हाउसमा रहने टर्वाइन्, जेनेरेटर लगायत मेशिनरी उपकरणका सामाग्री राखिएको थियो । के कति क्षति भयो भन्ने एकिन तयार गर्न सकिएको छैन । उनका अनुसार ती सामाग्री केही पुरिएका र केही बाढीसँगै भोटेकोसीमा बगेका छन् । ‘गोदाममा पावर हाउसमा रहने उपकरणका ९० प्रतिशत सामान थिए,’ प्रमुख लामाले भने । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोले हाइड्रो मेकानिकलको काम गरिरहेको थियो । क्षतिको एकिन बिबरण आउन अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ । आयोजनाका सेक्रेटरी हिमेश शर्मा पहिरोमा बेपत्ता छन् । ‘अर्का एक चिनियाँ प्राविधिक पनि हराइरहेका छन् । उनको अबस्थाबारे केही थाहा भएको छैन,’ आयोजना प्रमुख लामाले भने । पावर हाउसको जेनेरेटर बन्द गर्न गएको बेला आएको बाढीले उनलाई बगाएको अनुमान गरिएको लामाले जनाए । क्याटेगोरी : अर्थ ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे