तातोपानी भन्सारबाट ३८ करोड ८१ लाख राजश्व संकलन

तातोपानी ।
तातोपानी भन्सार कार्यालयको राजश्व संकलनमा सकारात्मक प्रभाव देखिएको छ । सामान्य अवस्थामा एक अर्ब ४७ करोड ७४ लाख .राजश्व जम्मा गर्ने तातापानी भन्सारले लकडाउन शुरु भएको गत चैत्रदेखि असारसम्म ३८ करोड ८१ लाख राजश्व संकलन गरेको छ ।
लकडाउनकाबीच पनि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात रोकिएको छैन । लकडाउन शुरु भएयता सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट स्वास्थ्य सामग्रीसहित लसुन, प्याज,कच्च पदार्थ लगायतका सामान आयात भइरहेको छ ।
लकडाउनयता यो नाकाबाट सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रयोग भइरहेका स्वास्थ्य सामग्री आयात भइरहेका छन् । स्वास्थ्य सामग्री आयात बढेस“गै लकडाउनका बीच पनि तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व संकलनमा सकारात्मक प्रभाव देखिएको भन्सार प्रमुख लालबहादुर खत्रीको भनाइ छ ।
तातोपानीनाका हुदै चिनबाट सामान आयात भएको एक बर्षपुरा भएको छ । तर नेपालबाट भने चिनतर्फ सामान निर्यात हुनसकेको छैन । कोरोना भाइरसको महामारी रोक्न लकडाउन गरिए पनि भन्सारबाट हुने आयातमा भने कुनै प्रभाव नपरेको भोटेकोशी चेम्बर्स अफ कमर्श कम्पनी का व्यापारी लाक्पा शेर्पाले बताए ।
चीनबाट भित्रिएको सामानलाई तातोपानी नाकामा कीटनाशक औषधि छर्केर मात्र भन्सारबाट प्रवेश गर्न अनुमति दिने गरिएको छ ।
तातोपानी नाकाबाट पछिल्लो समय कोरोना भाइरस संक्रमण रोकथाममा प्रयोग हु“दै आएका पिसिआर मेसिन, भिटिएम किट्स, भेन्टिलेटर, पिपिई सेट, साधारण र एन–९५ माक्स, सेनिटाइजर लगायतका सामग्री आयात भइरहेको छ । स्वास्थ्य सामग्रीबाहेक हार्ववायर सामाग्री, कृषि उपकरण, दुरसञ्चार उपकरण.जस्ता सामान पनि आयात हुने गरेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस