शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थसिन्धुपाल्चोकका जनप्रतिनिधिको चेतावनी, ‘मेलम्चीबारे सरकारको एकलौटी निर्णय मान्य नहुने’

सिन्धुपाल्चोकका जनप्रतिनिधिको चेतावनी, ‘मेलम्चीबारे सरकारको एकलौटी निर्णय मान्य नहुने’


मेलम्ची । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण सुरुवात गरेको घटनाप्रति खेद प्रकट गरेको छ ।

आज जनप्रतिनिधि, सरोकारवाला निकायहरुबीच मेलम्चीमा भएको छलफलमा सरोकारवालासँग कुनै समन्वय नै नगरी मन्त्रालयले गरेको यस्ता हर्कतबारे खेद प्रकट गरेको हो ।

साथै हिजो जिम्मेवार मन्त्रीले गरेको पत्रकार सम्मेलनमा सिन्धुवासीलाई दिएको अभिव्यक्तिबारे पनि ध्यानाकर्षण भएको जनाइएको छ ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्चीको पानी सिन्धुवासीको भएपनि त्यसबारे कुनै सम्बोधन नगरी पानी काठमाडौं आएको भन्दै मन्त्रालय र खानेपानी विकास समितिलाई मुख्य श्रेय दिएकी थिइन् । बैठकले उक्त अभिव्यक्ति तुरुन्त सच्याउन माग गर्दै आउँदा दिनमा यसैगरी निर्णय गरे थप समस्या हुने चेतावनी दिएको छ ।

लेभी, मजदुर, कर्मचारी र सप्लायर्सहरुको समस्या र विकासनिर्माण सम्बन्धमा तत्काल निर्णय लिन पनि बैठकले ध्यानावर्षण गरेको छ ।

हिजो खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाले सुटुक्क मेलम्चीको पानी परीक्षण गर्न भन्दै सुरुङबाट काठमाडौं पठाएको थियो । त्यसको जानकारी मन्त्री विना मगरले काठमाडौंबाट दिएकी थिइन् ।


क्याटेगोरी : अर्थ, राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!