शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थ३२ वर्षअघि यसरी सुरु गरिएको थियो मेलम्ची आयोजना

३२ वर्षअघि यसरी सुरु गरिएको थियो मेलम्ची आयोजना


मेलम्ची ।
सन् २००१ मा ३७ अर्ब बजेट विनियोजन गरी खानेपानी आधिकारिक सुरुआत भएको भएपनि २०४५ सालमा विन्नी एन्ड पाटनर्स युकेले मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखेपछि २०४७ मा स्टेनले एन्ड एसोसिएसनले मेलम्चीबारे थप अध्ययन गरेको थियो । २०४९ को अस्ट्रेलियन कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहर समेत गरेपछि यो योजनाको सुरु गरिएको हो ।
आयोजना निर्माणका लागि नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरो गु्रप कर्पोरेसन र सिआरसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो । सम्झौता अनुसार काम नभएपछि ६ किलोमिटर सुरुङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मै सम्झौता तोड्यो । त्यसपछि २०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनी को–अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)सँग सन् २०१३ मा सुरुङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरियो ।
दसैं, नयाँ वर्षजस्ता अनेकौं भाका राख्दै मेलम्चीको पानी काठमाण्डौं लगिने विभिन्न घोषणा भए । निर्माण गर्ने समयमा विभिन्न बाधा पनि आए । स्थानीय ठेकेदारको एक अर्ब ६८ करोड रुपैयाँ नतिरी सीएमसी इटाली फर्केपछि मेलम्चीलाई काठमाण्डौं लैजाने जिम्मा सिनो हाइड्रोले पाएको थियो ।

खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई महिनापछि काठमाडौँवासीको धारामा पानी पु¥याउने प्रतिबद्धता जनाएको छ । आयोजनाले कूल २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्नेछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!