Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठअर्थपरीक्षणका लागि लगाइएको ‘स्विट कर्न’को राम्रो उत्पादन

परीक्षणका लागि लगाइएको ‘स्विट कर्न’को राम्रो उत्पादन


बिष्णु निश्चल ।
बलेफि । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा न २ मा परीक्षणमा लागि लगाएको स्विट कर्न (मकै)ले उत्पादन दिन थालेको छ । प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना मकै जोन कार्यक्रमले वडा नंम्बर २ को १ रोपनी क्षेत्रफलमा परिक्षणको लागि स्विट कर्न लगाएको थियो ।

मकै उत्पादन राम्रो भएपछि मकै बाट कारीब ३० हजार आम्दानी भएको स्थानीय किसानले बताएका छन् । स्थानीय स्तरमा पहिलो पटक लगाइएको यो मकैको माग राम्रो देखिएको छ । परियोजना कार्यन्वयन ईकाईको सहयोगमा प्रशोधन र प्याकिङको ब्यवस्था गरि सुपर मार्केटमा लाने र आगामी दिनबाट स्विट कर्नको उत्पादन ब्यावसायिक रुपमा नै गर्ने ब्रम्मायणी प्रगतिशिल कृषि सहकारीका अध्यक्ष राजाकुमार श्रेष्ठले जानकारी दिए ।

पारीयोजनाको सहयोग पाएमा अन्य स्थानमा पनि यो जातको मकै लगाएर राम्रो उत्पादन गर्न सके अरु किसानहरुको पनि आय स्तर माथि उकास्न सहयोग हुने थियो अध्यक्ष श्रेष्ठले भने ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!