Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठअर्थपाँचपोखरीमा रोपाई महोत्सव

पाँचपोखरीमा रोपाई महोत्सव


चौतारा । धान उत्पादन वृद्धि, आत्मनिर्भता र समृद्धि” भन्ने नाराका साथ पाँचपोखरी थाङपालधाप गाउँपालिकाले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । पाँचपोखरीको कृषि शाखाको आयोजनामा करिव १५ रोपनी खेतमा रोपाई गरिएको छ।

असार १५ किसानहरुको मुख्य दिवस भएको र संघीय सरकारले २०६१ साल देखि राष्ट्रिय पर्वको रुपमा आजको दिनलाई मनाउँदै आएकोले यो वर्ष पनि धान दिवस मनाएको गाउँपालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले बताए ।

गाउँपलिकालाई उत्पादनमुखी कृषिको केन्द्र बनाउने अभियान स्वरुप रोपाई महोत्सव आयोजना गरेको अध्यक्ष टासी लामाले जानकारी दिए । महोत्सवमा वडाध्यक्षहरु, सल्लाहकार, कर्मचारी तथा स्थानीयहरूको सहभागिता रहेको थियो।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस