Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठअर्थमेलम्ची नरपालिकाले भन्यो, `सलह आए स्पिकर बजाउनु`- के हो सलह ?

मेलम्ची नरपालिकाले भन्यो, `सलह आए स्पिकर बजाउनु`- के हो सलह ?


चौतारा । मेलम्ची नगरपालिकाले सलह फट्याङग्रा प्रजातिको एक किरा भएकाले नआतिन सबैमा अनुरोध गरेको छ । नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा मरुभूमि नभएका कारण सन्तान उत्पादन गर्न नसक्ने भएकाले नआति सचेत रहन सबैमा आग्रह गरेको हो ।

नगरपालिकाले सलह आएको देखेसँगैं ठूलो स्वरमा स्पिकर बजाउने थाल लगायत भाँडाहरु बजाई आवाज निकाल्ने, धुवा पार्ने र झुण्डलाइ अन्त मोडिदिने गर्न पनि अनुरोध गरेको छ । साथै धान तथा तरकारी बालीको ब्याडलाई झुलले छोप्न समेत अनुरोध गरेको छ । यदि रासायनिक बिषादी प्रयोग गर्न परेका घाम नलाग्दै बास बसेको ठाउँ पत्ता लगाई विषादीको प्रयोग गर्न सबैमा सुझाइएको छ ।
के हो सलह ?
फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा हो । एक वर्गकिलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको संख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ ।
अन्य किराहरू बाली विशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे पनि सलह किरा हरियो जुनसुकै बालीमा लाग्ने र सबै नष्ट गर्ने प्रकृतिको हुन्छ ।

यो किराले छोटो समयमै बाली, पात, डाँठ सबै नष्ट गर्ने उनले बताए । यो किरा सुरुमा सन् २००३ मा अफ्रिकामा देखिएको थियो । त्यसपछि खाडी मुलुक, इरान हुँदै पाकिस्तानबाट भारतमा आएको हो । यो किरा एक दिनमा एक सय ५० किलोमिटरसम्म समूह बनाएर जान सक्छ । ३५ हजार मानिसले बिहान र बेलुका खाने कृषिउपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामर्थ्य राख्छ ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस