बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठअर्थलिसंखुपाखरको बजेट ५१ करोड ५६ लाख, कोरोना नियन्त्रणका लागि ७२ लाख विनियोजन

लिसंखुपाखरको बजेट ५१ करोड ५६ लाख, कोरोना नियन्त्रणका लागि ७२ लाख विनियोजन


चौतारा । लिसंखुपाखर गाउँपालिकाले ५१ करोड बढीको बजेट आउँदो आर्थिक वर्षका लागि सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले आर्थिक वषए ०७७/७८ का लागि ५१ करोड ५६ लाख ६३ हजार ८१० रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले चालु खर्चतर्फ ५ करोड ६९ लाख ५० हजार र पूजिगत खर्चतर्फ १८ करोड ६९ लाख १८ हजार ८१० रुपैयाँ विनियोजन गरेको छ ।

क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड ३८ लाख, सामाजिक विकास तर्फ १ करोड ३९ लाख, पूर्वाधार विकास तर्फ ८ करोड ९३ लाख, विपद् व्यवस्थापन तथा कोरोना नियन्त्रण तर्फ ७२ लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकास तर्फ ५ करोड ८४ लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले विभिन्न लोकप्रिय योजना तथा कार्यक्रम पनि ल्याएको छ । उद्यम व्यवसायलाई लक्षित गरी अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम ल्याएको छ । यस कार्यक्रम मार्फत सहुलियत ऋणको व्यवस्था गरी दुग्ध तथा मासु उत्पादनमा आत्मनिर्भर हुने नीति लिइने छ । जसबाट गाई–भैसी, कुखुरा–बाख्रा र बंगुर पालन लाई व्यावसायीकरण गर्न टेवा पुग्ने छ ।

गाउँपालिकाले पशु बिमा गर्ने, आफ्नै कृषि फर्म खोल्ने, बाँझो रहेका जमिनमा कृषि उपज लगाउने गाउँपालिकाको नीति छ । त्यस्तै गाउँपालिकामा एक प्राविधिक विद्यालय निर्माण गरिनेछ छ ।

गाउँपालिकामा १५ शैयाको अस्पतालको लागि पहल गर्ने, प्लाष्टिक पोखरी सिंचाइको माध्यमबाट खेतीयोग्य जमिनमा सिंचाइको व्यवस्था गर्नेे, प्रदेश सरकारबाट सर्वेक्षण पूरा भएको मुडे हिल स्टेसन र घ्याल्बुङ दोभान तालको निर्माण कार्य पूरा गर्ने, गाउँपालिका भित्र एक उद्योग ग्राम बनाउन पहल गर्ने जस्ता कार्यक्रमपनि गाउँपालिकाले अघि सारेको छ । पालिकास्तरीय रिङरोडको बाँकी खण्डमा ट्रयाक जोड्ने कार्यलाई निरन्तरता दिने जस्ता नीति तथा कार्यक्रम छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!