बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थके के छन् भोटेकोसी गाउँपालिकाको नीति तथा कार्यक्रममा ?

के के छन् भोटेकोसी गाउँपालिकाको नीति तथा कार्यक्रममा ?


श्री गाउँपालिका उपाध्यक्ष एवम् सभाका सदस्यज्यूहरु,

        सम्पूर्ण विश्वनै कोरोनाको चेपेटामा परिरहेको अवस्थामा नेपाल समेत आज यस समस्याबाट आक्रान्त रहेको छ ।

नेपालको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान लोकतन्त्र र जनजीवीकाका लागि भएका बिभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरु प्रति हार्दीक श्रद्धासुमन अर्पण गर्न चाहान्छु ।ती आन्दोलनहरुमा नेतृत्व गर्ने सम्पूर्ण हग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दै अब म भोटेकोशी गाउँपालिकाको गाउँ कार्यपालिका बैठकद्वारा स्वीकृत आगामी आर्थिक वर्ष २०७७÷०७८ को वार्षीक नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु । यस गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि तपशील अनुसारको नीति अनुरुप वार्षीक बजेट तथा कार्यक्रम तय गरिनेछ ।

 

क) आर्थिक विकास नीति :

  • यस गाउँपालिकालाई जडिबुटी र फलफुलमा आत्मनिर्भर बनाउन विगतका बर्षहरुबाटै सञ्चालित कीवी, टिम्मुर, स्याउ तथा ओखर खेती कार्यक्रम लाई आ.व २०७७/०७८ समेत निरन्तरता दिईने छ ।
  • स्थानीय स्तरमा रोजगारी सृजना गर्न तथा कोभिड-१९ को कारण रोजगारी गुमाएका युवाहरुको परिचालन गर्न सबै वडाहरुमा व्यवसायिक फलफुल तथा पशुपालन कार्यक्रमलाई विस्तार गर्दै लगिने छ । दुगुना, लिस्ती, नारायणथान, कोदारी, मार्मिङ तथा त्याङथली लगायतका क्षेत्रहरुमा सम्भाव्यताका आधारमा तरकारीतथा फलफुल पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति अवलम्बन गरिनेछ ।
  • तरकारीको बिउ, अदुवाको बिउ, बेसारको बिउ, मकैको बिउ, टि.पी. एस. आलुको बिउ, च्याउको बिउ, फलफुल बिरुवा (वर्षे तथा हिउँदे ), तरकारी खेतीको लागि प्लाष्टिक टनेल तथा माहुरीको घार सहित सम्पूर्ण सामग्रीहरु वितरण गरी कृषकहरुलाई कृषि क्षेत्रमा व्यवसायिक बन्न प्रोत्साहन गरिने नीति लिईनेछ ।
  • साना सिंचाई अन्तरगत कुलो निर्माण, सिंचाई, हाते ट्रयाक्टर, हजारी, स्प्रीङ्गकल, प्लाष्टिक पोखरी निर्माण कार्यक्रम आगामी आर्थिक वर्षबाट तिव्र रुपमा संचालन गरिने नीति लिईनेछ ।
  • भोटेकोशी गाउँपालिकाका कृषकहरुलाई आवश्यकतानुसारका कृषि औजारहरुको वितरण कार्यलाई जोड दिइनेछ ।
  • माटो परीक्षण कार्यक्रम तर्फ : आ.व २०७६/०७७ मा सुरु गरिएका पि.एच.मिटर, किट बक्स, काँचको नली, रसायनहरु कृषि चुन वितरण कार्यक्रमहरुलाई आगामी आ.व २०७७/०७८ मा समेत निरन्तरता दिईनेछ।
  • दैनिक उपभोग्य वस्तुहरुलाई सस्तो र सुलभ मुल्यमा जनतालाई सहकारी मार्फत उपलब्ध गराउन आ.व २०७६/०७७ को बैशाख महिनाबाट सुरु गरिएको कार्यक्रमलाई आगामी आ.व मा अझ व्यवस्थित गरिनेछ ।
  • कृषि बिमा कार्यक्रम, तरकारी प्याक गर्ने ट्रेय वितरण कार्यक्रम, बाली संरक्षण कार्यक्रम, विषादी वितरण कार्यक्रम, आ.ई.पी.एम. पाठशाला संचालन, कृषक गोष्ठी, कृषि प्राविधिकलाई तालिम, कृषि सडक निर्माण कार्यक्रम, भकारो सुधार कार्यक्रम, बाली बिमा कार्यक्रम, कृषक भ्रमण कार्यक्रम, कृषक तालिम कार्यक्रम, तरकारी संकलन केन्द्र घर निर्माण कार्यको प्रारम्भ गरी कृषि कार्यलाई थप व्यवस्थित गरिनेछ ।
  • गाउँपालिका भित्रका ५ वटै वडाका कृषकहरुको जीवनस्तर बढोत्तरी गर्न एक घर एक करेसाबारीको अवधारणा लागु गरिनेछ ।
  • ×स्वच्छ धर्ती, स्वस्थ मानव” को परिकल्पनालाई जीवन्तता प्रदान गर्न सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक बर्षमा भोटेकोशी गाउँपालिकासा सबै वडाहरुलाई पायक पर्ने स्थानमा जैविक कृषि फर्मको स्थानपना गर्ने कार्यको गरिनेछ ।
  • कृषि विकास गुरुयोजना तयार गरी एकीकृत कृषि कार्यलाई बैज्ञानिकीकरण तथा व्यवसायिकीकरण गर्न नीजि जग्गाको लागत अध्यावधिक गरिने कार्यको थालनी आगामी आर्थिक बर्षबाट सरुवात गरिनेछ ।
  • माछा पालनमा आत्म निर्भर बन्न वडा नं र वडा नं २ लाई रेन्बो ट्राउट माछा उत्पादन गर्ने पकेट क्षेत्रको रुपमा विकास गरिने नीति अबलम्बन गरिनेछ ।
  • वातावरण स्वच्छ राख्न, रोगबाट मुक्त राख्न खोर, गोठ सुधार कार्यलाई जोड दिईनेछ । यो गाउँपालिका उच्च पहाडी क्षेत्रमा पर्ने र प्रसस्त चरनको सम्भावना भएकोले व्यवसायिक रुपमा वाख्र्रापालन र चौरीपालन गर्न यस क्षेत्रका कृषकलाई आकर्षित गरिनेछ । बाख्रा पालन व्यवसायलाई विस्तारको लागि बिगत बर्षबाटै वितरण गर्न थालिएको बोयर जातको बिउ बोका वितरण तथा कुखुरा पालन कार्यलाई आगामी आ.व २०७७/०७८ समेत निरन्तरता दिइनेछ ।
  • उच्च पहाडी भेगमा चौरी पालन गरी छुर्पी उत्पादन गर्दै आएको र केही लोप हुने अवस्थामा रहेका चौरी संरक्षण लागि विभिन्न कार्यक्रम संचालन गरीनेछ । पशुपालन व्यवसायमा हुने आर्थिक क्षति कम गर्न पशु उपचार तथा  वीमा कार्यत्रम संचालन गरिने नीति  लिईने छ ।
  • पशु उत्पादन वृद्धि गर्न तथा मासु उत्पादन वृद्धि गर्न विशेष गरी वाख्रामा वढि तौल भएका र रोगप्रतिरोधात्मक क्षमता राम्रो भएको जातको विकास गर्न कृत्रिम तथा प्राकृतिक नश्ल सुधार कार्यक्रम संचालन गर्ने नीति लिईनेछ ।
  • बेरोजगार युवाहरुलाई विदेश जान रोक्नको लागि रोजगार मूलक पशुपालन व्यवसाय, कृषिखेती, घरेलु उद्योगलाई वृद्धि गर्ने नीति लिइनेछ ।
  • गाउँपालिकाले इतिहासविद् वा पुरातत्वविद्को सहायतामा आफ्नो क्षेत्रमा रहेको ऐतिहासिक व्यक्ति, घटनासंग जोडिएका वा अन्य ऐतिहासिक स्थल पहिचान गरी उक्त स्थानको पुर्बाधार विकाश, शिलालेखन र प्रचारप्रसार गरि पर्यटकीय प्रवर्द्धन गर्ने नीति लिइनेछ । कोभिड-१९ को कारण संकटमा परेको पर्यटकीय क्षेत्रको विकास र विस्तारको लागि आवश्यक कार्यक्रमको थालनी गरिनेछ ।
  • लिस्तीकोट, दुगुनागढी, तातोपानी धारा, थापी नारायण मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन कार्यक्रमको थालनी गरिनेछ ।
  • उद्योग धन्दा (व्यापार, जलविद्युत, जडिवुटि प्रशोधन, होटल अन्य) संचालनको लागि स्पष्ट नीति निर्धारण गरि निजी क्षेत्रलाई समावेश गरी भोटेकोशी गाउँपालिका क्षेत्र निजी लगानीकर्ताको लगानीको लागि सुरक्षित गन्तव्य हो भन्ने कुराको बोध गराउने नीति लिईनेछ । जसका लागि प्रचार प्रसारमा समेत जोड दिईनेछ ।सफल उद्यमी व्यवसायीहरुलाई उद्यमशीलतामा जोड दिनका लागि उद्यम प्रदर्शनीका माध्यमवाट पुरस्कृत गरिने कार्यको थालनी गरिनेछ ।
  • नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान तथा उक्त क्षेत्रको विकासको लागि सार्वजनिक निजी साझेदारीको अवधारणालाई अवलम्वन गरिनेछ ।

 

ख) सामाजिक विकास नीति

  • भोटेकोशी गाउँपालिकाको प्रत्येक स्वास्थ्य संस्थामा भएका काम कारवाहीहरुलाई व्यवस्थित गर्न इन्टरनेट सेवाको विस्तार गरी Recording Reporting कार्यलाई व्यवस्थित गर्दै लगिने छ ।
  • आमा सूरक्षा कार्यक्रम अन्तरगत अण्डा-झण्डा-गेडागुडी-एक धार्नी घ्यु वितरण कार्यक्रम लाई निरन्तरता दिदै आगामी आर्थिक बर्षमा अझ व्यवस्थित गरिनेछ ।
  • संविधान प्रदत्त नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सम्बन्धी अधिकारलाई व्यवस्थित गर्न यस गाउँपालिकामा रहेको स्वास्थ्य तर्फको रिक्त दरबन्दी करार सेवा मार्फत पूर्ति गरी सबै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवाको प्रत्याभुत गरिनेछ ।
  • Zero Home delivery कायम गर्न आगामी आर्थिक वर्षमा फुल्पिङकट्टी स्वास्थ्यचौकीको क्षमता विस्तार गरिनेछ ।
  • प्रत्येक स्वास्थ्य संस्थाको लागी आवश्यक औषधी, औजार तथा उपकरणहरुको व्यवस्थापन गरिनेछ ।
  • बिहे बारी बिस वर्ष पारी सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई बिद्यालय मार्फत प्रदान गर्ने व्यवस्थाको लागि शिक्षिकाहरुको क्षमता विकास गरिने कार्यको थालनी गरिनेछ ।
  • कोभिड नोभिड भन्ने कार्यक्रम यस गाउँपालिकाका सबै वडाहरुमा सञ्चालन गरी आगामी दिनमा फैलने जुनसुकै किसिमका सरुवा रोगबाट बच्नको लागि सामाजिक दुरी कायम गर्ने बानीको विकास गर्न सबै नागरिकलाई सचेतना आवश्यक भएकाले स्वास्थ्य संस्था मार्फत घरदैलो स्वास्थ्य सचेतनामूलक कार्यक्रम संचालन गरिने छ ।
  • समुदाय स्वास्थ्य सचेतना कार्यक्रम अन्तरगत प्रतिकारात्मक र प्रर्वधनात्मक सेवामा जोड दिई स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिने छ साथै उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत गरिने छ ।
  • विद्यालय स्वास्थ्य कार्यक्रम संचालनका लागी पायक पर्ने सामुदायिक स्वास्थ्य ईकाइ, स्वास्थ्य चौकीका नर्सिङ समुहका स्वास्थ्यकर्मीलाई प्रदेश मन्त्रालय बाट संचालित क्षमता अभिबृद्धि तालिम मार्फत आवश्यकीय सामाग्री र स्रोत  उपलब्ध गराई विद्यालय स्वास्थ्य सेवा विस्तार गरिने छ ।
  • आ.व २०७६/०७७ बाट सुरु गरिएको बाबालाई चीठ्ठी कार्यक्रमलाई आगामी आ.व २०७७/०७८ समेत निरन्तरता दिईनेछ ।
  • स्वास्थ्य क्षेत्रमा जनताको पहुँच सहज बनाउन एम्बुलेन्सको ब्यवस्थापन तथा घुम्ती शिविर कार्यक्रम सामाजिक दुरी कायम गर्दै सबै वडाहरुमा संचालन गरिने छ
  • गाउँपालिकाका सबै विद्यालयलाई प्रारम्भिक बालशिक्षाका लागि अत्याधुनिक बालमैत्री भौतिक पूर्वाधार तथा शैक्षिक जनशक्ति व्यवस्थापन गर्ने लक्ष सहित यसवर्ष ९ ओटा विद्यालयलाइ आवश्यक भौतिक पुर्वाधार तथा दक्ष शैक्षिक जनशक्तिको व्यवस्था गरी शुरुवात गरिनेछ ।
  • आधारभूत तथा माध्यमिक विद्यालयमा गुणस्तरीय, प्राविधिक, जीवनोपयोगी तथा प्रविधिमैत्री निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष अन्तर्गत भिन्ना भिन्नै माध्यमिक विद्यालयलाई कृषि तथा जडिबुट्टि, पर्यटन र व्यापार अध्ययनको लागि आवश्यक भौतिक पुर्वाधार निर्माणको शुरुवात गरिनेछ । आगामी वर्षदेखी सबै शिक्षकले ल्यापटपबाट पढाउन सक्ने गरी क्षमता अभिवृद्धि गरिनेछ ।
  • आर्थिक बर्ष २०७६/०७७ बाट सुरु गरिएको आफ्नो लागी आफ्नै श्रम अभियानको रुपमा ‘एक बालक एक गमला, एक वयस्क बालक २ आना जमिन, एक किशोर १ रोपनि जमिन सहित हरेक विद्यार्थीलाइ उत्पादनमा सहभागी गराई १२ कक्षा पास हुने अवधिसम्म कम्तिमा २ रोपनि सम्म जमिनमा आफैं उत्पादन गर्न सक्ने क्षमता एवं श्रम र माटो प्रतिको माया जगाउने कार्यलाई आगामी आ.व. २०७७/०७८ मा समेत निरन्तरता दिईनेछ ।
  • विद्यालय हाम्रो वातावरण र संस्कृतिको नमुना हो भन्ने सन्देश दिन एक विद्यार्थी एक बिरुवा अभियानलाई प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याई केही वर्ष भित्र सुन्दर बगैंचा र स्थानीय संस्कृतिक संग्रहालय सहितको अनुभव हुनेगरी विद्यालयलाई ज्ञान केन्द्रको रुपमा विकाश गरिनेछ ।
  • विद्यालय व्यवस्थापन समिति, शिक्षक, अविभावक र विद्यार्थी बीचको समन्वय, सहकार्य र उत्तरदायीत्व बोधका लागि विभिन्न प्रभावकारी छलफल, अन्तरक्रिया र दक्षता विकाश तालिमलाई निरन्तर दिइराख्न प्रभावकारी संयन्त्रको निर्माण गरी त्यसको उचित परिचालन गरिनेछ ।
  • स्थानीय प्राकृतिक श्रोत, साधन, संस्कृति, समाज, इतिहास र संभावनाको पहिचान हुने स्थानीय पाठ्यक्रमको विकास गरी अर्को शैक्षिक सत्रमा स्थानीय पाठ्यपुस्तक अध्यापन शुरु गर्न तत्कालै एक पाठ्यक्रम समिति निर्माण गरी कार्यन्वयननमा ल्याइनेछ ।
  • शिक्षक तथा विद्यार्थीले गर्ने खोजअनुसन्धानका प्राप्तिलाई गाउँविकासमा सदुपयोग गर्ने गरी गाउँपालिका भित्रको प्राकृतिक साधनश्रोत, सम्पदा, समाज, इतिहास, लगायतको विषयमा अनुसन्धान गर्न उत्प्रेरित गरिनेछ । उत्कृष्ट खोज र श्रृजनाका लागि गाउँपालिकाले सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।
  • योग्यता भएका तर तल्लो तहमा कार्यरत शिक्षक तथा शिक्षिकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरी प्रोत्साहन भत्ताको व्यवस्था गरी माथिल्लो कक्षामा योगदान गर्न उत्प्रेरित गरिनेछ । साथै पालिकाको शैक्षिक रणनीतिमा विभिन्न कारणले योगदान दिनै नसक्ने शिक्षक तथा कर्मचारीहरुलाई गाउँपालिकाको तर्फबाट आर्थिक प्रोत्साहन समेत व्यवस्था गरी स्वेच्छिक अबकाश लिन प्रोत्साहित गरिनेछ ।
  • क्रमशः गाउँपालिकाका विद्यालयलाई सुविधा सम्पन्न भौतिक पुर्वाधार र आधुनिक प्रविधी सहितको गुणस्तरीय शिक्षाको शुनिश्चित गरी विद्यार्थीको समस्यालाइ ध्यानमा राख्दै आवश्यक पर्दा विद्यालय भ्यानहरुको व्यवस्था गरी हाल २९ को संख्यामा रहेको विद्यालयहरुलाइ १५ देखी २० को संख्यामा समायोजन गरिनेछ ।
  • गाउँपालिका अन्तर्गत दुर्गम भेगका विद्यार्थीहरुको समस्यालाइ ध्यानमा राखी गाउँपालिकाको बीचमा पर्नेगरी एक आवासिय विद्यालयको व्यवस्थापन गरिनेछ ।
  • भोटेकोशी गाउँपालिकालाई व्यापार, पर्यटन, तथा जडिवुट्टी सहितको नमुना शैक्षिक अध्ययन केन्द्र’ बनाईने नीति लिइनेछ ।
  • शतप्रतिशत शिक्षित, स्वस्थ, सुसंस्कृतिक र न्याय सहितको आत्मनिर्भर बेरोजगार मुक्त पालिका को रुपमा यस भोटेकोशी गाउँपालिकालाई रुपान्तरण गरिनेछ ।
  • गाउँपालिकामा सवैको लागि शिक्षा अभियानलाई टेवा पु¥याउन विद्यार्थी भर्ना अभियान, विद्यालयको पूर्वाधार विकास, गुणस्तरीय शिक्षा अभियान जस्ता कार्यक्रमहरुमा विद्यालयहरुलाई सहयोग गरिनेछ ।
  • गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा अँग्रेजी माध्यमवाट अध्य्यन/अध्यापन गर्ने/गराउने कार्यको थालनी गरिनेछ ।
  • गाउँपालिका भित्रका मा.वि. र आधारभुत विद्यालयहरुमा विद्यार्थी संख्या र विषयगत आवश्यकता अनुसार दरबन्दीको लेखाजोखा गरी दरबन्दी मिलान कार्यलाई निरन्तरता दिइनेछ र समायोजन भएका विद्यालयको हकमा बाल कक्षा संचालन गरिनेछ ।
  • सबै विद्यालयमा बालमैत्री बसाई सहितको बाल कक्षाको व्यवस्था गरिने र कक्षा १ भन्दा अगाडी २ वर्षको बाल विकास कार्यक्रम संचालन गरिनेछ ।
  • शिक्षण सिकाईलाई कम्प्युटर र सूचना प्रणालीसंग आवद्ध गरी शैक्षिक सामाग्रीको पर्याप्त व्यवस्था र प्रयोगमा जोड दिइनेछ ।
  • सबै विद्यालयका प्र.अ. र शिक्षक सगँ कार्य सम्पादन सम्झौता करार गरी आगामी वर्षमा सिकाई उपलब्धि बढोत्तरी गरिनेछ ।
  • आधारभूत तहलाई निःशुल्क र अनिवार्य गर्ने कार्यक्रम संचालन गर्ने तथा विद्यालय बाहिर रहेका आधारभूत तह उमेरका बालबालिकाको तथ्याङ्क यकिन गरी भोटेकोशी गाउँपालिकालाई आधारभूत तहको शिक्षा सुनिश्चित भएको घोषणा गरिनेछ ।
  • शिक्षकहरुलाई अंग्रेजी माध्यमबाट शिक्षण सिकाईको तालिम, बालमैत्री र अन्य विषयगत तालिममा जोड दिइने छ ।
  • विद्यालयको अनुगमन र सुपरिवेक्षणमा जोड दिई वडा स्तर र गाउँपालिका स्तर बाट विद्यालयको नियमित अनुगमन, निरिक्षण र सुपरिवेक्षण गरी सुधारको कार्य गरिनेछ ।
  • विद्यालयका विद्यार्थी संख्या तथा उपलब्ध दरवन्दीको विश्लेषण गरी सहयोगी संघ संस्था समेत संगको समन्वयमा नपुग दरवन्दीको लागि आवश्यक अनुदानको व्यवस्था गरिने छ । जसमा माध्यमिक तहको विद्यालयमा कम्तिमा मा.वि. तहको १ जना विज्ञान विषय र गणित विषयको शिक्षक अनुदानको व्यवस्था गरिनेछ ।
  • शिक्षक तथा वि.व्य.स. का पदाधिकारीको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • विद्यालयको लेखा परीक्षण र सामाजिक परीक्षणलाई व्यवस्थित गर्ने कार्यक्रम संचालन गरिनेछ ।
  • शैक्षिक सूचना तथा विद्यालय तथ्याङ्कलाई व्यवस्थित गरिनेछ ।
  • कक्षा १ देखि कक्षा ८ सम्ममा सबै छात्रा र दलित तथा सिमान्तकृत समुदायका सबै छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
  • शिक्षा सम्बन्धी ऐन नियम निर्देशिका विकास गरि आवश्यकता अनुसार संशोधन र परिर्माजन गरी शैक्षिक कार्यक्रमलाई व्यवस्थित गरीनेछ ।
  • आगामी १० वर्षभित्रमा सवै शैक्षिक संस्थाहरुमा निःशुल्क र गुणस्तरीय शिक्षाको लागि लगानी वृद्धि गरिनेछ ।
  • स्वास्थ्य सेवामा आगामी ५ वर्ष भित्रमा सवै जनताको निःशुल्क पहुँच हुने गरि संघीय सरकारको स्वास्थ्य बिमा कार्यक्रमलाई समेत साझेदारी हुने गरि कार्यक्रम तय गरिनेछ ।
  • गाउँपालिका अन्तर्गतका प्रत्येक विद्यालयहरुलाई बालमैत्री, लैङ्गिकमैत्री र फरक क्षमता भएका व्यक्तिमैत्री पुर्वाधार जस्तै खानेपानी, शौचालय जस्ता पुर्वाधार निर्माणमा गाउँपालिकाको तर्फवाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराईनेछ ।
  • गैरसरकारी संघ संस्थाहरुबाट संचालनल गरिने सबै प्रकारका सहयोग तथा सेवाहरुलाई गाउँपालिकाको एकद्वार प्रणाली मार्पmत संचालन गर्न अनुमती दिइनेछ साथै यस्ता संघ संस्थाहरुबाट संचालन गरिने योजना तथा आयोजनाहरुको अनुगमन, मूल्याङ्कन पद्धतिलाई व्यवस्थित गरिनेछ ।
  • गाउँपालिका भित्रका गरिव, दलित ,जनजाति, पिछडिएका वर्ग, अपाङ्ग एवं अल्पसंख्यक जातजातिको पहिचान र लगत संकलन गरिनेछ ।
  • यस गाउँपालिका भित्रका माध्यमिक तहमा अध्ययनरत सबै दलित छात्र-छात्राहरुलाई उपलब्ध गराईनेछ ।
  • गाउँपालिका भित्रका सबै वडा तथा टोल र चौरी खर्कमा रहेका घरधुरी सर्बेक्षण मार्फत बालवालिकाको तथ्याङ्क संकलन गरी भूगोल र आवश्यकताको आधारमा नजिकको विद्यालयलाई मातृ विद्यालय मानि निरन्तर शिक्षा कार्यक्रम लागु गरी आधारभूत तथा माध्यमिक शिक्षामा शैक्षिक पहुँच सुनिश्चितता कार्यक्रम नमुनाको रुपमा संचालन गरिएकोमा आगामी आ.व मा समेत निरन्तरता दिईनेछ ।
  • गाउँपालिका अन्तरगत संचालित माध्यमिक विद्यालयहरुलाई पालिका स्तरीय तथा जिल्ला स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलापमा भाग लिनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
  • आफ्नो लागि आफ्नै श्रम अभियानको रुपमा एक विद्यालय एक टनेलको व्यवस्था गरी मौसमी तथा वेमौसमी तरकारीको विउ विजन उपलब्ध गराई उत्पादनमा जोड दिई आफै उत्पादन गर्ने सक्ने क्षमता एवं श्रम र माटो प्रतिको माया जगाउने कार्यको थालनी गरिनेछ ।
  • अति गरीब तथा विपन्न परिवार लक्षित कार्यक्रम अन्तरगत प्रत्येक वडाका एक परिवार एक व्यक्तिलाई अ.हे.व, अ.न.मी, पशु प्राविधिक, कृषि प्राविधिक गरी आगामी आर्थिक बर्षमा ५ (पाँच) जनालाई अध्यापन गराउने कार्यको थालनी गरिनेछ ।

 

 

ग) पूर्वाधार विकास नीति

  • कोभिड-१९ को संक्रमणका कारण प्रभावित भएका अतिविपन्न, गरीव तथा बेरोजगार नागरिकहरुलाई लक्षित गरी आगामी आ.व. २०७७/०७८ मा रोजगारमूलक पुर्वाधार विकास कार्यक्रम प्रत्येक वडामा सञ्चालन गरीनेछ ।
  • गुणस्तरीय पूर्वाधार भोटेकोशी गाउँपालिकाको समृद्धीको आधार भन्ने मूल मर्मलाई ध्यानमा राखी ग्रामीण सडक कम्तिमा ७ मिटरको हुन पर्ने नीति अनिवार्य गरिएको छ र ग्रामीण सडकको बीचबाट कम्तिमा १० मिटर भित्र भौतिक संरचना निर्माण गर्न नपाईने नीतिलाई कडाईका साथ अवलम्वन गरिनेछ ।
  • आगामी आर्थिक बर्ष २०७७/०७८ कम्तिमा एक वडामा एउटा ग्रामिण सडकलाई प्राथमिकतामा राखि २ वर्ष भित्रमा पक्की नाली र ग्राभेल सहितको व्यवस्थित सडक निर्माण गरिनेछ ।यसका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वय सहकार्यको आवश्यक कार्य अघी बढाईनेछ ।
  • भोटेकोशी गाउँपालिका वडा नं ३ र १ जोड्ने दुगुना-टासीथाङ- बगाम सडकलाई जोड्न प्रदेश सरकार समपुरक अनुदान र गाउँपालिकाको समयुक्त लगानीमा आगामी आर्थिक बर्ष २०७७/०७८ मा दुगुना- टासीथाङ सडक ट्रयाक निर्माण कार्य सम्पन्न गरिनेछ ।
  • विद्युत क्षेत्रको विकासको लागि नेपाल विद्युत प्राधिकरण र भोटेकोशी गाउँपालिकाको समयुक्त लगानीमा गाउँपालिका भित्र रहेका काठेपोलहरुको विस्थापन गर्ने कार्य आगामी आर्थिक बर्ष २०७७/०७८ मा सम्पन्न गरिनेछ ।
  • गुणस्तरीय र दिगो विकासको लागि आ.व. २०७६/०७७ सम्म अधुरा रहेका आ.व २०७४/०७५ देखि सञ्चालित सम्पूर्ण निर्माण कार्यलाई पुरा नगरि अन्य निर्माण कार्यमा बजेट विनियोजन नगर्ने नीतिलाई कडाईका साथ अवलम्वन गरिनेछ ।
  • गाउँपालिका भित्रका सडकको लगत कट्टा गर्ने कार्यको थालनी आ.व २०७६/०७७ मा सुरु गरिएको तर जनशक्तिको अभावका कारण अपुरो रहेको यस कार्या आगामी आ.व २०७७/०७८ मा परामर्श सेवा मार्फत जनशक्तिको व्यवस्थापन गरी कम्तिमा ३ वटा वडाको ग्रामीण सडकको लगत कट्टा गरिने कार्य सम्पन्न गरिनेछ ।
  • सडक निर्माण तथा मर्मत सुधारका क्रममा गाउँपालिकाबाट निर्धारण गरिएको सडक क्षेत्राधिकार कायम गर्ने, सडक बिस्तार नीति तथा मापदण्डको प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ ।
  • सकेसम्म कम योजनाहरु छनौट गर्नु पर्ने र रु.५ लाख भन्दा बढीका पूर्वाधार सम्बन्धी योजना छनौट गर्ने कार्यको थालनी गरिनेछ ।
  • योजनाहरु छनौट गर्दा आवश्यकता लाई ( Need Basis) ध्यान दिएर मात्र वजेट विनियोजन गर्ने नीति लिईनेछ ।
  • ट्रयाक खोलिसकेकेका बाटोहरुलाईनै प्राथमिक दिई स्तरउन्नति (Upgrading) गरिने कार्य प्राथमिकताका साथ अघि बढाईनेछ ।
  • मोटर बाटो छनौट गर्दा प्रत्येक वडा कार्यालय सम्म दोहोरो (Double Lane) रोड बार्है महिना (All Weather) मा संचालन गर्न सक्ने खालको सडक मर्मतको लागि आगामी आर्थिक बर्षमा वजेट विनियोजन गरीनेछ ।
  • भोटेकोशी गाँउपालिकामा चक्रपथ  (Ring road) निर्माणको लागी भैरवकुण्ड ,वगाम टसिथाङ , ड्राईपोर्ट, नाटुखर्क, मार्मिङ हुदै अरनिको हाईवेको नयाँपूल (बञ्जीमा) जोड्ने बाटो निर्माण कार्यको थालनी आगामी आर्थिक वर्ष २०७७/०७८ बाट सुरुवात गरिनेछ ।
  • सिन्धुपाल्चोक जिल्लाका बाह्रैवटा स्थानीय तह मध्य भोटेकोशी गाँउपालिकामा बढी पानी पर्ने भएकोले वर्षातको समयमा सडक यातायात संचालन गर्न कठीनाई पर्ने भएकोले यस गाउँपालिका भित्रका खहरे खोलाहरुमा झोलुङ्गे पुलहरुको निर्माणलाई प्राथमिकता दिई वजेटको विनियोजन गरिनेछ ।
  • स्थानीय सरकार संचालन २०७४ बमोजिम घर बनाउदा नक्सा पासको नियम आगामी आर्थिक वर्षबाट कडाईका साथ लागु गरिनेछ ।
  • सडक मापदण्डलाई कडाईका साथ लागु गरी सडक बिस्तार कार्यलाई प्राथमिकताका साथ अघि बढाईनेछ ।
  • यस आ.व.मा सम्पन्न भएका योजनाहरुमा प्रयोग भएका निर्माण सामाग्री सामानहरुको गुणस्तर कायम गर्न कठिनाई भएकोले आगामी आ.व.मा योजनामा प्रयोग हुने निमार्ण सामाग्रीहरु मध्ये पाईप र ग्यावीन बक्स कार्यालयबाटै खरीद गरि उपभोक्ता समितिलाई हस्तान्तण गर्ने व्यवस्था मिलाईनेछ वा उपभोक्ता समितिले खरीद गरेका निर्माण सामाग्री हरुको अनिवार्य ल्याब टेष्ट गर्नुपर्ने कार्यलाई कडाईका साथ लागु गरिनेछ ।
  • घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक प्रविधिको अवलम्वन गर्न जोड दिईनेछ ।
  • गाउँपालिकाबाट सञ्चालित योजनाहरुको गुणस्तर कायम गर्न भोटेकोशी गाउँपालिकाको उपभोक्ता समिति गठन तथा सञ्चालन कार्यविधि-२०७५ को उपभोक्ता समिति गठन प्रक्रियालाई कडाईका साथ लागु गरिनेछ साथै गठन पश्चात उपभोक्ता समितिलाई योजना निर्माण सम्बन्धी अनुशिक्षण गरिने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
  • गाउँपालिका भित्र विगत आर्थिक बर्षहरुमा निर्माण सम्पन्न भएका झोलुङ्गे पुलहरुको संरक्षणको लागि झोलुङ्गे पुल संरक्षकको व्यवस्था गरी रेखदेख र मर्मत सम्भारलाई व्यवस्थित गरिनेछ ।
  • गाउँपालिकाद्वारा स्वीकृत वार्षिक योजनाहरु आर्थिक वर्ष अन्तमा मात्र काम गर्ने विगतको परिपाटीलाई अन्त्य गर्दै वैशाख मसान्त भन्दा पछि कुनै पनि विकास योजनाको सम्झौता नगर्ने तथा जेष्ठ मसान्त पछि कुनै पनि योजनाको भुक्तानी नगर्ने नीतिलाई कडाईका साथ अवलम्वन गरिनेछ ।

 

घ) वातावरण तथा विपद् व्यवस्थापन नीति

  • वन क्षेत्र संरक्षणको लागि वृक्षारोपण, संम्बर्द्धन र ब्यवस्थापनका लागि सामुदायिक र कबुलियति वन उपभोक्ता समूहहरुलाई सक्रिय बनाई कार्य संचालन गरिनेछ ।
  • सडक निर्माण गर्दा दुबैतर्फ वृक्षारोपण साथै बहुउपयोगी घास खेतीका लागि प्रोत्साहित गर्ने नीति लिईनेछ ।
  • वातावरण मैत्री स्थानीय शासनको स्वीकृत सूचकहरु प्राप्तिका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • गाउँपालिका भित्रका विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाहरु सँगको साझेदारीमा वातावरण संरक्षणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • जलवायु परिवर्तनबाट पर्न सक्ने प्रभाव न्यूनिकरण गर्न सरोकारवाला निकाय, गै.स.स. तथा विकास साझेदारहरुसंग समन्वय र सहकार्य गरी स्थानीय जलवायू परिवर्तन अनुकुल कार्ययोजना तर्जुमा गरी कार्यान्वयमा ल्याइनेछ ।
  • गाउँपालिका भित्र नदी कटान र पहिरो नियन्त्रण कार्यक्रमको लागि स्थानीय नागरिकको साझेदारीमा कार्य गर्न आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनेछ ।
  • गाउँपालिका भित्र सँचालन गरिने बालुवा ढुंगा र अन्य खानीजन्य उद्योगहरुलाई स्थानीय बस्ती, वन जंगल र सार्वजनिक स्थलहरुलाई असर नपर्ने गरि संचालन अनुमति प्रदान गरिनेछ ।स्थानिय स्तरमा पर्न सक्ने प्राकृतिक विपतबाट मानवीय क्षति न्यूनीकरण गर्न स्थानिय स्तरमा वृक्षारोपण र वनजङ्गल सुरक्षा गर्ने नीति लिइनेछ । जसका लागि एउटा रुख कटान बापत १० वटा रुख वृक्षारोपण गर्ने नीति लिइनेछ ।
  • सार्वजनिक स्थान, होटल पसलबाट निस्किने प्लाष्टिक जन्य वस्तुहरु र सिसा जन्य वस्तुको उचित व्यवस्थापन गर्नका छुट्टै कानुनी तथा नीतिगत व्यवस्था मिलाईनेछ । साथै वातावरण संरक्षणका निम्ति प्लाष्टिक रहित गाउँपालिका निर्माण गर्ने नीति लिईनेछ ।
  • भूक्षय बाढी, पहिरो नियन्त्रणको लागि छिटो बढ्ने बास तथा पाउलोनियको बिरुवा खरीद गरी वृक्षारोपण गर्ने र जथाभावी रुख कटानको कार्यलाई निरुत्साहित गर्नको लागि दण्ड जरीवाना गर्ने नीति लिइनेछ ।

ङ) संस्थागत विकास तथा सेवा प्रवाह नीति

  • सेवा प्रवाहलाई व्यवस्थित गर्न गाउँपालिका अन्तरगतका महिला स्वास्थ्य स्वयमसेविका, राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिहरुको दुर्घटना बिमा तथा स्वास्थ्य बिमा गर्ने नीति लाई आगामी आर्थिक बर्ष २०७७/०७८ समेत निरन्तरता दिईनेछ ।
  • उपभोक्ता समिति तथा निर्माण व्यवसायी निर्माण कार्यमा प्रतिस्पर्धा गराई गुणस्तरीय भौतिक संरचना निर्माण गर्ने आवश्यकतानुसारका योजनाहरुको निर्माण कार्य ठेक्का प्रणालीबाट गरीने नीति लिइनेछ ।
  • रोजगार सेवा केन्द्रमा सूचीकृत रहेका श्रमिकहरु मार्फत निर्माण कार्य गराउन पहिलो प्राथमिकतामा राखी योजनाहरु संचालन गरिनेछ ।जसका लागि आ.व २०७६/०७७ बाट सुरु भएको गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमलाई आगामी आर्थिक बर्ष २०७७/०७८ समेत निरन्तरता दिईनेछ ।
  • गाउँपालिका भित्रका आमा समूहको पहिचान गरी उनीहरुको अग्रसरमा योजना सञ्चालन गर्ने कार्यको थालनी गरिनेछ ।
  • विभिन्न संघ सस्थाबाट निर्माण भएका एकीकृत बस्तीहरुमा होमस्टे सेवालाई प्रवर्द्धन गर्ने नीति लिइनेछ ।
  • गाउँपालिकाभित्रका युवा जनशक्तिलाई परिचालित गरी उनीहरुलाई उद्धमशील बनाउने र उनीहरुकै माध्यमबाट रोजगारी सिर्जना गर्न युवा उद्धम कार्यक्रम सञ्चालन गरिनेछ ।शासकीय प्रक्रियमा युवाहरुको सार्थक सहभागिता अभिवृद्धि गर्न क्षमतामुलक कार्यक्रमको थालनी गरिनेछ ।
  • हरेक वडामा एक विशेष उद्धमी समुहको पहिचान गरि आवश्यक सशर्त वित्तिय सहयोग गरिनेछ ।
  • बेरोजगारहरुको ज्ञान, सीप, योग्यता, अनुभव र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी तालिमका कार्यक्रमहरु सञ्चालन तथा सम्बन्धित तालिम केन्द्रमा सिफारिस गरिनेछ ।
  • गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक निर्माणका कार्यहरुमा सम्भव भएसम्म श्रम मूलक प्रविधिको प्रयोग गरिनेछ ।
  • कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न जनप्रतिनिधि, कर्मचारी तथा समाजका प्रतिष्ठित व्यक्तित्व सहितको अगुवाइमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाउँपालिका भित्रका सबै बेरोजगारहरु एवम् सार्वजनिक तथा निजि क्षेत्र मार्फत सञ्चालन हुने आयोजनाहरुलाई रोजगार सेवा केन्द्रको दायरामा ल्याइ त्यस्ता आयोजनाहरुमा सिर्जना हुने रोजगारीको आपूर्ति सुचिकृत बेरोजगारहरु मध्येबाट गर्ने आवश्यक व्यबस्था मिलाईनेछ ।
  • कोभिड-१९ लगायतका संक्रामक रोगहरुबाट सेवा प्रवाहमा पर्न सक्ने प्रभावलाई न्युनीकरण गर्न गाउँपालिका बाट प्रदान गर्ने सेवालाई डिजिटाईज गर्ने कार्यको थालनी आगामी आर्थिक बर्ष २०७७/०७८ प्रारम्भ गरिने छ । जसका लागि सबै वडाहरुमा ईन्टरनेट सेवाको विस्तार गरी सफ्टवेर प्रणाली मार्फत सेवा प्रवाह गर्ने कार्यको थालनी गरिनेछ ।
  • निर्माणाधीन गाउँपालिकाको भवन समयमानै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्माण कार्यको निर्माण तोकिएको समय भन्दा अगाबै सम्पन्न गर्न सकेमा सार्वजनिक खरीद ऐन तथा नियमावली तथा प्रचलित कानुन बमोजिम प्राप्त गर्ने पुरस्कार उपलब्ध गराउने नीति लिईनेछ ।
  • गाउँपालिकाको कार्य बोझलाई कम गर्न आवश्यकता अनुसारको दरबन्दी सृजना गरी कर्मचारी अभाव परिपूर्ती मार्फत छितो छरितो सेवा प्रवाह पद्धतिको अवलम्बन गरिनेछ ।
  • कर्मचारी क्षमता अभिवृद्वि गर्न कम्तीमा १५ दिनको विषयगत तालिम सञ्चालन गरिनेछ ।
  • देश दर्शन मार्फत विकासको नयाँ पद्धतिलाई अनुशरण गर्न पदाधिकारी तथा कर्मचारीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका नमूना विकासका क्रियाकलापहरुको अवलोकन गर्ने कार्यको थालनी गरिनेछ ।
  • कर्मचारीहरुलाई काम प्रति उत्प्रेरित गर्न तथा उपभोक्ता समितिलाई विकास प्रति जागरुक गराउन पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रमलाई आगामी आर्थिक बर्षमा समेत निरन्तरता दिईनेछ।
  • गरीबी न्युनीकरणका कार्यक्रम सञ्चालन गर्न सहकारी संस्था दर्ता, नवीकरण तथा अनुगमन गर्ने कार्यलाई व्यवस्थित गरिने तथा सहकारी संस्थाको सवलीकरण गरिनेछ ।
  • गाउँपालिकाका गतिविधिहरु पारदर्शी तुल्याउन तथा स्थानीय नागरिकहरुलाई सहज तवरले जानकारी पु¥याउन स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमसँग समन्वय गरी विकास कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • गाउँपालिकामा सञ्चालित आयोजनाहरुको गुणस्तर अभिवृद्दि गरी वित्तीय जोखिमलाई न्यूनीकरण गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम उपाध्यक्षको संयोजकत्वमा गठित अनुगमन समितिलाई सक्रिय तुल्याईने छ ।
  • सञ्चालित विकास निर्माण लगायत सबै कार्यक्रमहरुको नियमित अनुगमन प्रगति समीक्षा, समन्वय बैठक, सार्वजानिक सुनुवाई, सामाजिक परीक्षण आदि कार्यक्रमहरुलाई बढावा दिइनेछ ।
  • कार्यालयलाई सेवाग्राही मैत्री बनाउन सुशासनका सुचाङ्ककहरुलाई नागरिक वडापत्र, सुझाव पेटिका, सूचना अधिकारी तोक्ने जस्ता कार्यहरुलाई लागु गरिनेछ ।
  • भोटेकोशी गाउँ कार्यपालिकाको कार्यालयमा जनतालाई सरल र सहज रुपमा सेवा प्रवाह गर्नका लागि सोधपुछ कक्षको स्थापना गरिनेछ ।
  • कर्मचारी एवं पदाधिकारीको क्षमता विकासका लागि आवश्यक समय सापेक्षित तालिम, अध्य्यन तथा अवलोकन भ्रमणको व्यवस्था मिलाईनेछ साथै कर्मचारीको मनोबल उच्च वनाई राख्न प्रोत्साहन कोषको व्यवस्था गरि आवश्क सुविधा उपलव्ध गराईनेछ र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा पुरस्कृत गरिने नीतिलाई आगामी आर्थिक बर्षमा निरन्तरता दिईनेछ ।

च) वित्तीय व्यवस्थापन तथा सुशासन नीति

  • गाउँपालिका अन्तरगतका वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुमा पनि टेलिफोन, इन्टरनेटको सुविधा विस्तार गर्ने कार्य सम्पन्न गरिनेछ ।
  • आगामी आर्थिक बर्षको पहिलो चौमासीक भित्र गाउँपालिकाको आफ्नै डिजिटल प्रोफाईल र मोबाईल एप्लिकेशनको विकास गरी सूचना प्रवाहलाई व्यवस्थित गरिनेछ ।
  • गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आवश्यक व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षाभत्ता सम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्न तालिमको व्यवस्था गरिनेछ ।साथै आगामी आर्थिक बर्षको पहिलो चौमासिक मार्फत सामाजिक सूरक्षा भत्ता अनिवार्य रुपमा बैंकिङ प्रणाली मार्फत वितरण गर्ने कार्य कडाईका साथ लागु गरिनेछ ।
  • गाउँपालिकामा सि.सि.क्यामेरा, डिजिटल नोटिस बोर्डको व्यवस्था गरी आर्थिक तथा योजना गत सूचनामा सबैको पहुँच बढाईनेछ ।
  • बेरुजु फर्छौट गर्ने कार्यलाई आगामी आर्थिक बर्षबाट तिब्रता दिईनेछ । बेरुजु फर्छौट गर्न अटेर गर्ने संघ, संस्था, उपभोक्ता समित, निर्माण व्यवसायी र कर्मचारीको नामावली कार्यालयको मुलद्वारमा फ्लेक्स ब्यानर बनाई सार्वजनिक गरिनेछ साथै बेरुजु फर्छौट नगर्ने कर्मचारीलाई गाउँपालिकाबाट उपलब्ध हुने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गरिनेछ ।
  • आर्थिक बर्ष २०७६/०७७ बाट सुरु गरिएको ५ लाख भन्दा कम रकमको गाउँपालिकाद्वारा स्वीकृत वार्षिक योजनाहरु संचालनका क्रममा उपभोक्ता समितिलाई पेश्की दिने प्रचलनलाई पुर्ण रुपमा बन्देज गरिने कार्यलाई यस आर्थिक बर्षमा समेत निरन्तरता दिईनेछ । त्यस्ता योजनाहरुलाई रनिङ्ग बिल तथा कार्य सम्पन्न भएपछि मात्र भुक्तानी दिईनेछ ।
  • हरेक महत्वपूर्ण सन्देश र सूचनाहरु कार्यालयको वेवसाईट, फेसबुक पेज र स्थानीय एफ.एम.रेडियो मार्फत सवै गतिविधिहरु नागरिकहरुको जानकारीमा ल्याउने प्रयास गरिनेछ । यस गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै नागरिकको नाम गाउँपालिकाको Website मार्फत सार्वजनिक गरिने छ ।
  • सूचना तथा सन्देश मूलक र विकास मूलक कार्यक्रम प्रसारित गर्न रेडियो तथा टेलिभिजन उत्पादन कार्यक्रमको सुरुवात गरिने छ ।
  • गाउँपालिकाको वित्तिय जोखिम न्युनिकरणका लागि प्रत्येक योजनाको स्थलगत अनुगमन पश्चात मात्र रकम भुक्तानीको व्यवस्था मिलाईनेछ ।
  • स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय न्यायिक समितिले निरुपण गर्ने विवादहरुलाई छिटो छरितो बनाउन आगामी आ.व २०७७/०७८ मा कानुनी सल्लाहकारको व्यवस्थापन गरी न्याय सम्पादन प्रक्रियालाई व्यवस्थित गरिनेछ ।
  • भोटेकोशी गाउँपालिका, न्यायिक समितिबाट निरुपण हुने विवादहरु निशुल्क रुपमा गरिनछ ।साथै उक्त विषयलाई सर्वसाधारणको जानकारीको लागि टोल टोलमा सन्देशमूलक तथा सचेतनामूलक कार्यक्रम गरिनेछ ।
  • न्यायिक समितिमा दर्ता भएका उजुरीहरुलाई कम्प्यूटराइज गरी अनलाईन मार्फत व्यवस्थित गरिनेछ ।

 

                                    धन्यवाद

                                                                                                                                     राजकुमार पौडेल

                                                                                                                                           अध्यक्ष


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!