गृहपृष्ठ ∕ अर्थ ∕ भोटेकोशीको बजेट ४४ करोड ७१ लाख, `अध्यक्ष रोजगार` का लागि ५० लाख विनियोजन भोटेकोशीको बजेट ४४ करोड ७१ लाख, `अध्यक्ष रोजगार` का लागि ५० लाख विनियोजन सिन्धु खबर असार १०, २०७७ गते २२:०३ मा प्रकाशित भोटेकोशी । भोटेकोशी गाउँपालिकाले ४४ करोड ७१ लाख ६ सय ७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज सातौं गाउँसभाबाट भोटेकोशीका अध्यक्ष राज कुमार पौडेलले नीति तथा कार्यक्रम र दावुटी शेर्पाले बजेट सार्वजनिक गर्दै चालुतर्फ ५ करोड ८१ लाख ६० हजार, पूँजीगततर्फ १५ करोड ८७ लाख ६८ हजार ८७० बजेट विनियोजन गरिएको छ । भोटेकोशीले सडक बोडैबाट ६ लाख र प्रदेश तथा स्थानीय सरकार सहयोगी कार्यक्रमबाट ३ लाख ५२ हजार, भोटेकोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट १ करोड ४८ लाख ३३ हजार रुपैयाँ र गत आर्थिक वर्षको गाउँपालिकाको बैक मौज्दातबाट ५ करोड ६० लाख १२ हजार ६ सय रुपैयाँबाट यस वर्षको ४४ करोड ७१ लाख बजेट सार्वजनिक गरेको हो । त्यसैगरी संघीय सरकारबाट सशता अनुदान ११ करोड ७८ लाख, बागमती प्रदेश सरकार शसर्त अनुदान १ करोड ५९ लाख ५९ हजार पनि गाउँपालिकालाई प्राप्त हुन बजेट वक्तव्यमा भनिएको छ । गाउँपालिकाले विपद व्यवस्थापनका लागि ४५ लाख छुट्याएको छ । त्यसैगरि पूर्वाधार विकासतर्फ १२ करोड २ लाख ६८ हजार ८७० रुपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ ६ करोड १ लाख १० हजार ८ सय रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । गाउँपालिकाले ५ वटै वडाको लागि २ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिलाई उत्पादनमुखी बनाउन स्याउ, ओखर, किवी, टिम्मुरलगायतको उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिनेछ । रोजगार प्रबर्धनका लागि अध्यक्ष रोजगार कार्यक्रमको सुरुवात गरिएको छ । क्याटेगोरी : अर्थ ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब भाेलि मेलम्ची सुरूङमा पानी हालेर परीक्षण गरिदैं धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे