बलेफिको बजेट ४३ करोड ४६ लाख ९१ हजार

बलेफि । बलेफी गाउँपालिकाले आउदो आर्थिक वर्षका लागि ४३ करोड ४६ लाख ९१ हजारकोको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७७ ७८ का लागि उपाध्यक्ष कमला कायस्थले आज गाउँपालिकाका लागि बजेट सार्वजनिक गरेकी हुन् ।
गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै गाउँपालिका भित्र बाँझो रहेका जग्गालाई उपयोग गर्ने निति अघि सारेको छ । किसानलाई विषादीरहित उत्पादनमा प्रोत्साहन दिने गाउँपालिकाको योजना छ । त्यसैगरि सडक दायाँबायाँ बिरुवा रोपेर ‘ग्रीन रोड’ र ‘ग्रीन सिटी’ बनाउने गाउँपालिकाको योजना छ ।
गाउँपालिकाले कोरोना कहरमा परेका आफ्ना नागरिकलाई करको दरमा कटौती गरेको छ । सम्पति तथा व्यवसायको करमा गाउँपालिकाले ५० प्रतिशत घटाएको छ । गाउँपालिकाले टुक्रे योजनामा रकमान्तर नगर्ने निति लिएको छ ।
गाउँपालिकाभित्र निर्माणाधिन सडक मर्मत र नयाँ सडक सञ्जालकालागि एकमुष्ठ रकम विनियोजन गरेको छ । विकासका काम समयमै सक्न र प्रभावकारी बनाउन गाउँपालिकाले वैशाखमै विकास योजना सक्ने योजना बनाएको छ । असारे विकास धेरै नटिक्ने गाउँपालिकाको निष्कर्ष छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस