बुधबार, असोज ६, २०७८
गृहपृष्ठअर्थइन्द्रावतीको बजेट ८३ करोड ५० लाख, कोरोना नियन्त्रणका लागि ५० लाख छुट्टयाइयो

इन्द्रावतीको बजेट ८३ करोड ५० लाख, कोरोना नियन्त्रणका लागि ५० लाख छुट्टयाइयो


इन्द्रावती । इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८३ करोड ५० लाख दुई हजार रुपैयाको वजेट सार्वजनिक गरेको छ । आज गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाले ५६ करोड ९६ लाख पूँजीगत तथा २६ करोड २४ लाख रुपैयाँ चालु खर्च हुने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् ।

लामाले सात करोड ५० लाख रुपैया आन्तरिक स्रोत आम्दानी हुने प्रक्षेपण गरेकी छिन् । संघीय सरकारबाट १६ करोड ३३ लाख रुपैया प्राप्त हुने अनुमान गरेकी छिन् । प्रदेश सरकारबाट सशर्त अनुदानबापत छ करोड ६८ लाख, समपूरक तीन करोड, विशेष अनुदान ५० लाख रुपैया प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी वक्तव्यमा सवारी साधन करको बाँडफाँडबाट दुई करोड ५० लाख तथा संघीय राजश्व बाँडफाँडबाट सात करोड ८४ लाख रुपैया प्राप्त हुने बताइएको छ । महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणका लागि गाउँपालिकाले ५० लाख रुपैया बजेट विनियोजन गरेको छ । बजेटमा विपद व्यवस्थापन, स्वरोजगार तथा कृषि र स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!